सोमबार थपिए २ हजार ५७१ जना कोरोना संक्रमित नेपालमा

कात्तिक २४, काठमाण्डौ
नेपालमा कोभिड–१९ ९कोरोना भाइरस० का सङ्क्रमितको सङ्ख्या एक लाख ९७ हजार २४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार दुई हजार पाँच सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ११ हजार एक सय ७७ जनाको नमुना परीक्षण भएको हो । त्यस्तै गएको २४ घण्टामा एक हजार सात सय ९८ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ५९ हजार सात सय २४ पुगेको छ ।

अब नेपालमा ३६ हजार एक सय ७४ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै नौ सय ६७ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा १८ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार एक सय २६ पुगेको छ ।

प्रतिक्रिया