

दिल्ली पहिलो पटक आईपीएलको फाइनलमा



कार्तिक २४,ई–साझाकुरा
दिल्ली क्यापिटल्स पहिलो पटक इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ । युएईमा भइरहेको १३औं संस्करणको लिग अन्तर्गत दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई पराजित गर्दै दिल्ली फाइनल पुगेको हो ।
एलिमिनेटरमा बैंगलोरलाई पराजित गरेको हैदरावादको तेस्रो पटक फाइनल पुग्ने लक्ष्य पूरा हुन सकेन । २०१६को च्याम्पियन हैदरावाद २०१८ मा फाइनलमा चेन्नाईसँग पराजित भएको थियो ।

दिल्लीले अब उपाधिका लागि सर्वाधिक ४ पटकको विजेता मुम्बई इन्डियन्ससँग खेल्नेछ । पहिलो क्वालिफायरमा दिल्ली मुम्बईसँगै ५७ रनले पराजित भएको थियो । यस सिजन लिग चरणमा २ र प्लेअफमा १ गरी ३ पटक मुम्बईसँग दिल्ली हारिसकेको छ । फाइनलमा त्यसको बदला लिँदै पहिलो पटक उपाधि जित्ने अवसर दिल्लीसामु छ ।
फाइनल पुग्ने क्रममा दिल्लीले हैदरावाद विरुद्ध लिग चरणमा व्यहोरेको दुवै हारको बदलासमेत लिएको छ । दिल्लीले दिएको १९० रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो ।
हैदरावादका लागि केन विलियमसनले अर्धशतक प्रहार गरे । विलियमसनले ४५ बल खेल्दै ५ चौका र ४ छक्काको मद्दतमा सर्वाधिक ६७ रन बनाए । यस्तै अब्दुल सामदले १६ बलमा २ चौका र २छक्का मद्दतमा ३३ रन जोडे । मनिस पाण्डेले २१ कप्तान डेविड वार्नरले १७ र रासिद खानले ११ रन जोडे ।
बलिङमा दिल्लीका लागि कागिसो रबाडाले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । यस्तै स्टोइनिसले ३ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए ।
त्यसअघि अबुधाबीमा टस जितेर ब्याटिङ गर्ने कप्तान श्रेयस अय्यरको निर्णयलाई ब्याट्सम्यानहरुले सही सावित गर्दा दिल्लीले ३ विकेट गुमाएर १८९ रन बनाएको थियो । दिल्लीका ओपनर शिखर धवनले अर्धशतक प्रहार गरे ।
मार्कुस स्टोइनिङलाई धवनसँग ओपनिङ गराउँदै दिल्लीले नयाँ रणनितिको प्रयोग गरेको थियो जुन सफल पनि भयो । स्टोइनिस र वनले राम्रो सुरुवात पनि दिलाए । पहिलो विकेटका लागि यी दुई खेलाडीले पहिलो विकेटका लागि ८६ रनको साझेदारी गरे । धवनले ५० बल खेल्दै ६ चौका र २ छक्का मद्दतमा सर्वाधिक ७८ रन बनाए ।
शिमरोन हेतमायरले अविजित ४२ रन जोडे । हेतमायरले २२बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे । स्टोइनिसले २७ बल खेल्दै ५ चौका र १ छक्का मद्दतमा ३८ रन बनाए । कप्तान श्रेयास अयेरले २१ रन जोडे ।
हैदरावादका लागि सन्दीप शर्मा रासिद खान र ज्यासन होल्डरले एक-एक विकेट लिए ।
आईपीएल २०२० को फाइनल खेल आउने मंगलबार मुम्बई र दिल्लीबीच हुनेछ ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया