

दिल्ली पहिलो पटक आईपीएलको फाइनलमा



कार्तिक २४,ई–साझाकुरा
दिल्ली क्यापिटल्स पहिलो पटक इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ । युएईमा भइरहेको १३औं संस्करणको लिग अन्तर्गत दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई पराजित गर्दै दिल्ली फाइनल पुगेको हो ।
एलिमिनेटरमा बैंगलोरलाई पराजित गरेको हैदरावादको तेस्रो पटक फाइनल पुग्ने लक्ष्य पूरा हुन सकेन । २०१६को च्याम्पियन हैदरावाद २०१८ मा फाइनलमा चेन्नाईसँग पराजित भएको थियो ।

दिल्लीले अब उपाधिका लागि सर्वाधिक ४ पटकको विजेता मुम्बई इन्डियन्ससँग खेल्नेछ । पहिलो क्वालिफायरमा दिल्ली मुम्बईसँगै ५७ रनले पराजित भएको थियो । यस सिजन लिग चरणमा २ र प्लेअफमा १ गरी ३ पटक मुम्बईसँग दिल्ली हारिसकेको छ । फाइनलमा त्यसको बदला लिँदै पहिलो पटक उपाधि जित्ने अवसर दिल्लीसामु छ ।
फाइनल पुग्ने क्रममा दिल्लीले हैदरावाद विरुद्ध लिग चरणमा व्यहोरेको दुवै हारको बदलासमेत लिएको छ । दिल्लीले दिएको १९० रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो ।
हैदरावादका लागि केन विलियमसनले अर्धशतक प्रहार गरे । विलियमसनले ४५ बल खेल्दै ५ चौका र ४ छक्काको मद्दतमा सर्वाधिक ६७ रन बनाए । यस्तै अब्दुल सामदले १६ बलमा २ चौका र २छक्का मद्दतमा ३३ रन जोडे । मनिस पाण्डेले २१ कप्तान डेविड वार्नरले १७ र रासिद खानले ११ रन जोडे ।
बलिङमा दिल्लीका लागि कागिसो रबाडाले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । यस्तै स्टोइनिसले ३ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए ।
त्यसअघि अबुधाबीमा टस जितेर ब्याटिङ गर्ने कप्तान श्रेयस अय्यरको निर्णयलाई ब्याट्सम्यानहरुले सही सावित गर्दा दिल्लीले ३ विकेट गुमाएर १८९ रन बनाएको थियो । दिल्लीका ओपनर शिखर धवनले अर्धशतक प्रहार गरे ।
मार्कुस स्टोइनिङलाई धवनसँग ओपनिङ गराउँदै दिल्लीले नयाँ रणनितिको प्रयोग गरेको थियो जुन सफल पनि भयो । स्टोइनिस र वनले राम्रो सुरुवात पनि दिलाए । पहिलो विकेटका लागि यी दुई खेलाडीले पहिलो विकेटका लागि ८६ रनको साझेदारी गरे । धवनले ५० बल खेल्दै ६ चौका र २ छक्का मद्दतमा सर्वाधिक ७८ रन बनाए ।
शिमरोन हेतमायरले अविजित ४२ रन जोडे । हेतमायरले २२बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे । स्टोइनिसले २७ बल खेल्दै ५ चौका र १ छक्का मद्दतमा ३८ रन बनाए । कप्तान श्रेयास अयेरले २१ रन जोडे ।
हैदरावादका लागि सन्दीप शर्मा रासिद खान र ज्यासन होल्डरले एक-एक विकेट लिए ।
आईपीएल २०२० को फाइनल खेल आउने मंगलबार मुम्बई र दिल्लीबीच हुनेछ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया