

प्रिमियर लिगमा आर्सनलको लज्जास्पद हार



कार्तिक २४ काठमाडौं ।
प्रिमियर लिग फुटबलमा आर्सनलले लज्जास्पद हार व्यहोरेको छ । आइतबार राति भएको खेलमा आर्सनल एस्टन भिल्लासँग ३–० गोलको लज्जास्पद हार व्यहोरेको हो ।
आर्सनलको घरेलु मैदानमा भएको खेलमा एस्टन भिल्लाको जितका लागि ओलिए वाट्किनसले दुई गोल गरे । एक गोल भने आत्मघाती उपहार पाएको थियो ।
खेलको २५औं मिनेटमा एस्टन भिल्ला आत्मघाती गोलबाट अगाडि बढेको थियो । एस्टन भिल्लाका टार्गेटले गरेको क्रस आर्सनलका मिडफिल्डर बुकायो साकाले किलयर गर्न खोज्दा गोलमा परिणत भएको थियो ।
यसअघि खेलको पहिलो मिनेटमै जोहन म्याकगिनले गोल गरेका थिए । तर, रेफ्रीले भीआरको सहायताबाट अफसाइड दिएपछि गोलले मान्यता पाएनन् । ७२औं मिनेटमा वाट्किनसले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर पारे । उनले बार्कलिको पासमा गोल गरेका थिए ।
त्यस्तै त्यसको तीन मिनेट नबित्दै वाट्किनसले व्यक्तिगत दोस्रो गोल गरे । उनले ग्रेअलिसको पासमा गोल गर्दै एस्टन भिल्लालाई ३–० को सहज जित दिलाए । यस जितसँगै एस्टन भिल्लाले सात खेल खेल्दै पाँच खेलमा जित र दुई खेलमा हारसहित १५ अंक जोडेर तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।
यता पराजित आर्सनलको भने यो चौथो हार हो । आठ खेल खेलेको आर्सनलले चार जित र चार खेलमा हारसहित १२ अंक जोडेर तालिकाको ११औं स्थानमा छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया