

प्रिमियर लिगमा आर्सनलको लज्जास्पद हार

कार्तिक २४ काठमाडौं ।
प्रिमियर लिग फुटबलमा आर्सनलले लज्जास्पद हार व्यहोरेको छ । आइतबार राति भएको खेलमा आर्सनल एस्टन भिल्लासँग ३–० गोलको लज्जास्पद हार व्यहोरेको हो ।
आर्सनलको घरेलु मैदानमा भएको खेलमा एस्टन भिल्लाको जितका लागि ओलिए वाट्किनसले दुई गोल गरे । एक गोल भने आत्मघाती उपहार पाएको थियो ।
खेलको २५औं मिनेटमा एस्टन भिल्ला आत्मघाती गोलबाट अगाडि बढेको थियो । एस्टन भिल्लाका टार्गेटले गरेको क्रस आर्सनलका मिडफिल्डर बुकायो साकाले किलयर गर्न खोज्दा गोलमा परिणत भएको थियो ।
यसअघि खेलको पहिलो मिनेटमै जोहन म्याकगिनले गोल गरेका थिए । तर, रेफ्रीले भीआरको सहायताबाट अफसाइड दिएपछि गोलले मान्यता पाएनन् । ७२औं मिनेटमा वाट्किनसले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर पारे । उनले बार्कलिको पासमा गोल गरेका थिए ।
त्यस्तै त्यसको तीन मिनेट नबित्दै वाट्किनसले व्यक्तिगत दोस्रो गोल गरे । उनले ग्रेअलिसको पासमा गोल गर्दै एस्टन भिल्लालाई ३–० को सहज जित दिलाए । यस जितसँगै एस्टन भिल्लाले सात खेल खेल्दै पाँच खेलमा जित र दुई खेलमा हारसहित १५ अंक जोडेर तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।
यता पराजित आर्सनलको भने यो चौथो हार हो । आठ खेल खेलेको आर्सनलले चार जित र चार खेलमा हारसहित १२ अंक जोडेर तालिकाको ११औं स्थानमा छ ।


खबर सबै
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना







प्रतिक्रिया