नेपालमा कोरोना : सङ्क्रमित एक लाख ९४ हजार चार सय बढी पुगे

कात्तिक २३, काठमाण्डौ
नेपालमा कोभिड–१९ ९कोरोना भाइरस० का सङ्क्रमितको सङ्ख्या एक लाख ९४ हजार चार सय ५३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार दुई हजार आठ सय १७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै गएको २४ घण्टामा दुई हजार आठ सय १२ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ५७ हजार नौ सय २६ पुगेको छ । अब नेपालमा ३५ हजार चार सय १९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै एक हजार एक सय ४९ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा २१ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार एक सय आठ पुगेको छ ।

प्रतिक्रिया

खबर सबै