

आईपीएल : आज फाइनल पुग्न दिल्ली–हैदराबाद भिड्दै



कार्तिक २३,ई–साझाकुरा
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० को फाइनल प्रवेशका लागि आइतबारको दोस्रो क्वालिफायरमा भिड्दैछन्, दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद । पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्सको हातबाट ५७ रनले पराजित भएपछि दिल्ली यो खेल खेल्न बाध्य भएको हो ।

दिल्लीका कप्तान श्रेयस अय्यर र हैदराबादका कप्तान डेविड वार्नर । फाइल तस्बिर : बीसीसीआई
हैदराबादले भने रोयल च्यालेन्जर्स बेंग्लोरलाई ६ विकेटले हराएपछि दिल्लीसँग खेल्ने अवसर पाएको हो ।
दोस्रो क्वालिफायर विजेताले फाइनलमा उपाधिका लागि डिफेन्डिङ च्याम्पियन मुम्बईको सामना गर्नेछ । अस्ट्रेलियाली आक्रामक ब्याट्सम्यान डेविड वार्नरको नेतृत्वमा रहेको हैदराबाद प्रतियोगिताको अन्त्यतिर लय समात्न सफल भएको छ र यसक्रममा पछिल्ला चार खेल लगातार जितेको छ । हैदराबादका लागि यी सबै खेल ‘गर या मर’ को स्थितिका थिए । सबैमा यो टिम अब्बल साबित भएको छ ।
लिग चरणका दुवै खेलमा हैदराबादले दिल्लीलाई हराएको थियो । त्यसैले टोलीले दोस्रो क्वालिफायरमा पनि जित निकाल्न सक्यो भने ह्याट्रिक जस्तै हुनेछ । यही पृष्ठभूमिका कारण हैदराबादका खेलाडी उत्साही हुनेछन् । दिल्ली भने यो सबै स्थितिका ठीक विपरीत अवस्थामा छ । दिल्लीले लिग चरणको अन्त्यतिर लय गुमाएको थियो । अहिलेसम्म सम्हाल्न सकेको छैन ।
दोस्रो क्वालिफायरअघि दिल्लीले खेलेका ६ खेलमध्ये ५ मा हार बेहोरेको थियो । त्यसैले दोस्रो क्वालिफायर खेल एक प्रकारले लयमा रहेको र लय गुमाएको टिमबीचको प्रतिस्पर्धा हुनेछ । तर, सन् २०१९ को आईपीएल संस्करणमा भने दिल्लीले इलिमिनेटरमा हैदराबादलाई नै हराएको थियो । त्यसैले दिल्लीको टिमलाई इतिहास फर्केर हेर्ने इच्छा रहनेछ, वर्तमान प्रदर्शनको तुलनामा ।
यद्यपि प्लेअफ इतिहासमा दिल्लीको प्रदर्शन खासै राम्रो छैन । यसपल्टको प्रतियोगितामै पनि दिल्लीले मुम्बईविरुद्धका सबै तीन खेल गुमाएको छ । दोस्रो क्वालिफायरमा राम्रो गर्ने हो भने दिल्लीका लागि कोही न कोही खेलाडीले ठूलो इनिङ्स खेल्न आवश्यक हुनेछ । यो नै पछिल्ला हारमा टिमको सबैभन्दा कमजोर पक्ष रह्यो । इतिहास नै पल्टाउने हो भने पनि स्थिति हैदराबादको पक्षमा देखिन्छ ।
दिल्लीका कप्तान श्रेयस अय्यर पनि मुम्बईविरुद्धको खेलमा हार बेहोरेपछि निराशा व्यक्त गर्दै टिमले प्रतियोगिताको निर्णायक र महत्त्वपूर्ण मोडमा लय गुमाएको स्विकारेका छन् । उनले फाइनल पुग्न आफ्नो टिमको प्रदर्शनमा व्यापक सुधार आवश्यक रहेको बताएका थिए । वार्नर भने स्वभाविक रूपमा टिमको लगातारको राम्रो प्रदर्शनमा खुसी छन् र यसलाई दोस्रो क्वालिफायरमा कायम राख्न चाहन्छन् । हैदराबाद पछिल्लो ५ वर्षमा तेस्रोपल्ट फाइनल पुग्न प्रयासरत हुनेछ ।
सन् २०१६ को च्याम्पियन टिम हैदराबादले त्यतिबेला उपाधिका लागि बेंग्लोरलाई हराएको थियो । सन् २०१८ को फाइनलमा भने हैदराबाद चेन्नई सुपर किंग्सको हातबाट पराजित भएको थियो । अहिलेसम्म आईपीएलका १३ संस्करणमध्ये दिल्ली कुनै पनि अवसरमा फाइनल पुग्न सकेको छैन ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया