रुपन्देहीको तिलोत्तमाका विद्यालयमा स्टाफ नर्स नियूक्त

कार्तिक २२ तिलोत्तमा ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका भित्रका एक दर्जन सामुदायिक विद्यालयहरुमा स्टाफ नर्सको व्यवस्था भएको छ । नेपाल सरकार शिक्षा तथा प्रविधि मन्त्रालयको निर्देशिका अनुसार मापदण्ड पूरा गरेका १२ वटा विद्यालयमा स्टाफ नर्स नियूक्त गरिएको तिलोत्तमा नगरपालिकाका प्रमूख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले जानकारी दिनुभयो ।
विद्यालयमा प्राथमिक उपचार तथा स्वास्थ्य सुरक्षाका लागि छनोट भएका प्रत्येक विद्यालयहरुमा स्टाफ नर्स नियूक्त गरिएको हो । नगरमा रहेका कुल ४३ विद्यालय मध्ये बाँकी रहेका अन्य सामुदायिक विद्यालयहरुमा समेत शैक्षिक मापदण्ड पूरा गर्ने योजनामा नगरपालिका रहेको छ । तिलोत्तमामा ३९ वटा निजी विद्यालय रहेका छन् । विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम अन्तर्गत सुरु हुन गइरहेको नर्सिङ स्वास्थ्य सेवाका लागि नगरपालिकाको आयोजनामा तालिम पनि सञ्चालन भएको छ ।

प्रतिक्रिया

खबर सबै