

हिउँदे अधिवेशन तत्काल आह्वान गर्नुपर्ने पूर्वसभामुखहरुको भनाई



कात्तिक २२ काठमाडौं ।
पूर्वसभामुखहरुले संघीय संसद्को हिउँदे अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग आग्रह गरेका छन् ।
संक्रमणकालीन अवस्थामा जनताको समस्या सम्बोधन गर्न र सरकारलाई सही बाटोमा डोर्याउन पनि संसद्को आवश्यकता रहने भएकाले अधिवेशन तत्काल आह्वान गर्न पूर्वसभामुखहरुले आग्रह गरेका हुन् । संसद्को आवश्यकता लोकतन्त्रमा महत्त्वपूर्ण रहेको भन्दै तत्काल अधिवेशन आह्वान गर्नुपर्ने उनीहरुको भनाइ छ । उनीहरुले लामो समय संसद् बन्द हुँदा सरकार अराजक बन्ने खतरा हुने भएकाले तिहारलगत्तै अधिवेशन आह्वान हुनुपर्ने सुझाए ।
पूर्वसभामुख ओनसरी घर्तीले तिहारपछि अनिवार्य रुपमा संसद् चलाउनुपर्ने बताइन् । संविधानअनुसार ६ महिनाभन्दा बढी समय संसद् बन्द गर्न नहुने स्मरण गराउँदै उनले अहिलेको अवस्थामा जनप्रतिनिधिहरुले जनताका कुरा राख्न पनि संसद् अनिवार्य रहेको बताइन् ।
कोरोना महामारीको समयमा सबै राजनीतिक एकै ठाउँमा रहेको अवस्थामा संसद्बाट यससम्बन्धी थप छलफल र बहस गरेर अझ राम्रो हुने उनले बताइन् । जनताको प्रतिनिधिमूलक संस्था संसद् बन्द हुँदा देशमा अराजकता मौलाउने डर हुने उनको भनाइ छ ।
विधि(विधानअनुसार एउटा प्रक्रियामा अगाडि बढ्न संसद्को आवश्यकता रहेको उनले बताइन् । उनले भनिन्, ‘‘जनताको प्रतिनिधिमूलक संस्था नचल्दा अराजकतातिर जान्छ । विधि, विधानअनुसार एउटा प्रक्रियामा अगाडि बढ्नका लागि पनि संसद् चल्नुपर्छ । प्रतिपक्षी दलले आफ्ना कुरा राख्नुपर्छ । जुनसुकै दलले पनि जनताका कुरा राख्न सक्छन् । संसद् जनताको प्रतिनिधिमूलक संस्था भएकाले नियम, प्रक्रिया र विधि विधानमा आउँछ । राष्ट्र र जनतामा परेको समस्यालाई केन्द्रिकृत गरेर वैज्ञानिक ढंगले समाधान गर्ने बाटोतिर जान सकिन्छ । संसद् अनिवार्य छ ।’’
स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै जुनसुकै अवस्थामा पनि संसद् सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै उनले भनिन्, ‘‘६ सय सांसद म्यानेज भएको ठाउँ हो । अहिलेको संख्या एकदमै सानो हो । यसलाई व्यवस्थापन पनि सचिवालयले योभन्दा पहिलेको बैठक पनि दूरी बनाएर सञ्चालन गरेको थियो । सांसदहरुले आफ्नो ठाउँबाट सतर्कता अपनाउने । यातायातको साधन नभएका सांसदका लागि म्यानेज गरियो भने । सानाभन्दा साना कुराको म्यानेज गरिए चल्न नसक्ने हुँदैन । संसद् रिस्क मोलेर पनि चल्नुपर्छ । किनकि त्यो त जनताको प्रतिनिधिमूलक संस्था हो । जनताको जीवनरक्षाका लागि जनताले आफ्ना काम अगाडि बढाउनदा पर्ने अफ्ठ्यारा पनि संसद्ले सम्बोधन गर्नुपर्छ ।’’
यस्तै पूर्वसभामुख रामचन्द्र पौडेलले राज्यलाई सञ्चालन गर्ने र सरकारलाई बाटो देखाउने भएकाले संसद् अधिवेशन सुरु गर्नु अनिवार्य भएको बताए । सरकारले संसद्को अधिवेशन बन्द गर्दा कतिपय तत्काल बन्नुपर्ने ऐन, कानुनहरु अलपत्र परेको उनले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता स्वार्थका लागि आकस्मिक रुपमा संसद्को अधिवेशन अन्त्य गरेको उल्लेख गर्दै पूर्वसभामुख पौडेलले सत्तारुढ दलले एकाधिकार लाद्न खोजको दृष्टान्त रहेको बताए । तिहार(छठलगत्तै अधिवेशन सुरु गर्नुपर्ने उल्लेख गरे । ‘‘संघीय लोकतान्त्रिक प्रणालीमा संसद् अभिन्न अंग हो । त्यसले नै राज्यलाई सञ्चालित गर्छ । सरकारलाई बाटो देखाउँछ । सरकारलाई आफ्नो कर्तव्यमा हिड्न लगाउँछ । यसको आवश्यकता लोकतन्त्रमा महत्त्वपूर्ण हुन्छ,’’ उनले भने, ‘‘अहिले संसद्को अधिवेशन अन्त्य गरेर कतिपय बन्नुपर्ने कानून नियमहरु बन्न सकेनन् । आकस्मिक रुमा सत्ता स्वार्थका लागि प्रधानमन्त्रीले अधिवेशन अन्त्य गर्नुभयो । यो सत्तााधारीको मनोपोलीको दृष्टान्त हो । संसद्को अधिवेशन तोकिएको समयमा चल्छ । त्यसको एउटा नियम हुन्छ । आवधिक निर्वाचन, आवधिक समयबद्ध काम लोकतन्त्रको अनुशासन हो । संसद्ले शासकलाई अनुशासनमा राख्ने बाटो देखाउने, देशलाई नीति निर्देशन गर्ने नियम कानुन बनाउने थलो रोकेर यसरी राख्न हुने थिएन । अपरिहार्य छ । समय नआउँदै अधिवेशन अन्त्य गरियो । अब हिउँदे अधिवेशन तिहार छठपछि सुरु गर्नुपर्छ । देशलाई दिशा दिनुपर्छ ।’’
सरकारले आकस्मिक रुपमा संसद् अधिवेशन अन्त्य गर्दा प्रतिपक्षी दलले दतारुकता देखाउन नसकेको पनि उनले स्वीकार गरे । संसद्को क्रियाशीलता कायम राख्न तत्काल संसद् बोलाउनुपर्ने पक्षमा कांग्रेस रहेको उनले बताए । सरकारले संसद्को अन्त्य गरेर लोकतन्त्रको आत्मालाई मार्ने काम भएको उल्लेख गर्दै उनले संसद् सुरु गरेर लोकतन्त्रको आत्मा जोगाएर देशलाई समृद्धितर्फ लैजान सकिने बताए ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया