

बाणगंगाको स्थानिय पाठ्यक्रम प्रधानाध्यापकहरुलाई प्रबोधिकरण गरियो



कात्तिक २२ कपिलवस्तु
बाणगंगा नगरपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रम शुक्रबार नगरपालिका भित्रका ४८ विद्यालयका प्रअ हरुमाझ सार्वजनिक गरिएको छ ।नगरपालिकाको युवा शिक्षा तथा खेलकुद विकास शाखाले आयोजना गरेको पाठ्यक्रम प्रबोधिकरण कार्यक्रम मार्फत प्रधानाध्यापकहरुका बिचमा सो पाठ्यक्रम सार्वजनिक पनि गरीएको हो ।
जिल्लाका १० पालिकामध्ये बाणगंगामा पहिलोपटक स्थानीय पाठ्यक्रम लागु गर्न सुरु गरिएको छ । पाठ्यक्रममा कपिलवस्तु जिल्लाको ऐतिहासिकता, सामाजिक, धार्मिक, पुरातात्विक, पर्यटकीय, सांस्कृतिक र आर्थिक महत्व लगायतका विषयहरु समावेश गरिएको छ भने गौतम बुद्धको जीवनी, बौद्ध दर्शन, योग र कपिलवस्तुका सम्पदाहरु लगायतका विषयहरुलाई सूक्ष्म तरिकाले समेटिएकोले विद्यालयका प्रधानाध्यपकहरुले पालिकालाई धन्यवाद व्यक्त गरेका थिए ।
‘कपिलवस्तु र बौद्ध शिक्षा’ पाठ्क्रममा आधारित भएर नगरले कक्षा ६ । ७ मा ४६ र ७ मा ४७ पेजको ५० । ५० पूर्णाङ्कको पाठ्यपुस्तक समेत प्रकाशन भएको विहीबार एक कार्यक्रमको आयोजना गरि जानकारी गराएको हो ।
पुस्तकका सम्पादक ज्ञानराज अर्यालले कपिलवस्तुका ऐतिहासिकता, सामाजिक, धार्मिक, पुरातात्विक, पर्यटकीय, सांस्कृतिक र आर्थिक लगायतका विषयमा गहन खोज, अध्ययन, अनुसन्धान गरी पठनपाठनको लागि बिभिन्न विषयवस्तु तयार पार्न सफल भएको बताउनुभयो । उहाँले पाठ्यक्रमको अध्ययनपछि बाल बालिकाहरुले गौतम बुद्धको जीवनी, वौद्ध दर्शन योग लगायतका विषयमा आधारभूत ज्ञान हासिल गर्न सक्ने दावी गर्नुभयो ।
यस्तै कार्यक्रममा शिक्षक बासुदेव घिमिरे, विष्णुकुमार थापा, रामप्रसाद अर्याल लगायतले नगरपालिकाको नगर सभाबाट नीतिगत रुपमा प्रस्ताव गरी कपिलवस्तु र बौद्ध शिक्षा विषयक पाठ्क्रम निर्माण प्रकृया अगाडी बढाएको र अहिले आएर मात्र कार्यान्वयनको चरणमा पुगेकोले यसबाट विद्यार्थीले धेरै ज्ञान हासिल गर्ने बताउनुभयो ।
नगरका शिक्षा शाखा प्रमुख बाबुराम भट्टराईको अध्यक्षता रहेको कार्यक्रममा नगर उपप्रमुख चक्रपाणी अर्यालको प्रमुख आतिथ्य रहेको थियो । स्रोतव्यक्ति कविराज भण्डारीको स्वागत रहेको कार्यक्रमको संचालन शिक्षा अधिकृत खिम बहादुर जिसीले गर्नु भएको थियो ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया