

बाणगंगाको स्थानिय पाठ्यक्रम प्रधानाध्यापकहरुलाई प्रबोधिकरण गरियो



कात्तिक २२ कपिलवस्तु
बाणगंगा नगरपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रम शुक्रबार नगरपालिका भित्रका ४८ विद्यालयका प्रअ हरुमाझ सार्वजनिक गरिएको छ ।नगरपालिकाको युवा शिक्षा तथा खेलकुद विकास शाखाले आयोजना गरेको पाठ्यक्रम प्रबोधिकरण कार्यक्रम मार्फत प्रधानाध्यापकहरुका बिचमा सो पाठ्यक्रम सार्वजनिक पनि गरीएको हो ।
जिल्लाका १० पालिकामध्ये बाणगंगामा पहिलोपटक स्थानीय पाठ्यक्रम लागु गर्न सुरु गरिएको छ । पाठ्यक्रममा कपिलवस्तु जिल्लाको ऐतिहासिकता, सामाजिक, धार्मिक, पुरातात्विक, पर्यटकीय, सांस्कृतिक र आर्थिक महत्व लगायतका विषयहरु समावेश गरिएको छ भने गौतम बुद्धको जीवनी, बौद्ध दर्शन, योग र कपिलवस्तुका सम्पदाहरु लगायतका विषयहरुलाई सूक्ष्म तरिकाले समेटिएकोले विद्यालयका प्रधानाध्यपकहरुले पालिकालाई धन्यवाद व्यक्त गरेका थिए ।
‘कपिलवस्तु र बौद्ध शिक्षा’ पाठ्क्रममा आधारित भएर नगरले कक्षा ६ । ७ मा ४६ र ७ मा ४७ पेजको ५० । ५० पूर्णाङ्कको पाठ्यपुस्तक समेत प्रकाशन भएको विहीबार एक कार्यक्रमको आयोजना गरि जानकारी गराएको हो ।
पुस्तकका सम्पादक ज्ञानराज अर्यालले कपिलवस्तुका ऐतिहासिकता, सामाजिक, धार्मिक, पुरातात्विक, पर्यटकीय, सांस्कृतिक र आर्थिक लगायतका विषयमा गहन खोज, अध्ययन, अनुसन्धान गरी पठनपाठनको लागि बिभिन्न विषयवस्तु तयार पार्न सफल भएको बताउनुभयो । उहाँले पाठ्यक्रमको अध्ययनपछि बाल बालिकाहरुले गौतम बुद्धको जीवनी, वौद्ध दर्शन योग लगायतका विषयमा आधारभूत ज्ञान हासिल गर्न सक्ने दावी गर्नुभयो ।
यस्तै कार्यक्रममा शिक्षक बासुदेव घिमिरे, विष्णुकुमार थापा, रामप्रसाद अर्याल लगायतले नगरपालिकाको नगर सभाबाट नीतिगत रुपमा प्रस्ताव गरी कपिलवस्तु र बौद्ध शिक्षा विषयक पाठ्क्रम निर्माण प्रकृया अगाडी बढाएको र अहिले आएर मात्र कार्यान्वयनको चरणमा पुगेकोले यसबाट विद्यार्थीले धेरै ज्ञान हासिल गर्ने बताउनुभयो ।
नगरका शिक्षा शाखा प्रमुख बाबुराम भट्टराईको अध्यक्षता रहेको कार्यक्रममा नगर उपप्रमुख चक्रपाणी अर्यालको प्रमुख आतिथ्य रहेको थियो । स्रोतव्यक्ति कविराज भण्डारीको स्वागत रहेको कार्यक्रमको संचालन शिक्षा अधिकृत खिम बहादुर जिसीले गर्नु भएको थियो ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया