

२५ जना भन्दा बढी भैलाे नखेल्नु : प्र.जि.अ पौडेल



कार्तिक २१ कपिलवस्तु
हिन्दु धर्मावलम्बिहरुको दोस्रो महान चाड तिहार नजिकिन लागे सँगै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले यसवर्ष देउँसी भैलो नखेल्न आग्रह गरको छ । औपचारीक सूचना आईतबार प्रकाशन गर्ने तयारी गरेको जिल्ला प्रशासनले कोरोनाको जोखिम कपिलवस्तुमा कायमै रहेका कारण यस वर्ष दशै जस्तै तिहार पनि सामान्य किसिमले मनाउन आग्रह गरको हो ।
प्रमूख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले ई–साझाकुरा डट कमसगँ कुरा गदैँ भन्नुभयो तिहारको समयमा देउसी भैलो खेल्न प्रतिबन्ध नै नलगाए पनि सामान्य किसिमले मनाउन आग्रह गरिएको उहँको भनाई छ ।
कपिलवस्तु जिल्ला कोभिड १९ को उच्च जोखिममा रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी पौडेलले सके सम्म देउँसीका कार्यक्रम आयोजना नगर्ने र गर्नै पर्ने भए २५ जना भन्दा बढी भेला नहुने गरी आयोजना गर्न सकिने बताउनुभयो ।
अझै पनि कोरोनाका महामारीले एक अर्का सँग डर मान्नुपर्ने स्थिति भएका कारण देउँसीका नाममा गरिएको लापरवाहीले अर्काे संकट उत्पन्न हुन सक्ने हुँदा सकभर भैलो नखेल्न उहाँले आग्रह पनि गर्नुभयो ।
यस्तै तिहारका बेला भारतीय बजारबाट आयात हुने पटका जन्य पदार्थ र वस्तुहरुको पूर्ण रुपमा रोक लगाइएको भन्दै उहाँले जिल्ला भित्र भेटिए जफत गरिने र कानुन अनुसार कार्वाही पनि गरिने बताउनुभयो ।
त्यस्तै जुवातास खेल्ने, पटका, आतिशवाजी र भुइचम्मा जस्ता विस्फोटक पदार्थ बिक्री र प्रयोग नगर्न पनि प्रशासन कार्यालयले आग्रह गरेको छ ।
धार्मिक स्थल जस्तै चर्च, मस्जिद, गुम्बाहरुमा भेला भई कार्यक्रम गर्ने, प्रार्थना गर्ने, संगती गर्ने काम पनि सकभर नगर्न प्रमूख जिल्ला अधिकारी पौडेलले आग्रह गर्नुभएको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया