
२५ जना भन्दा बढी भैलाे नखेल्नु : प्र.जि.अ पौडेल

कार्तिक २१ कपिलवस्तु
हिन्दु धर्मावलम्बिहरुको दोस्रो महान चाड तिहार नजिकिन लागे सँगै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले यसवर्ष देउँसी भैलो नखेल्न आग्रह गरको छ । औपचारीक सूचना आईतबार प्रकाशन गर्ने तयारी गरेको जिल्ला प्रशासनले कोरोनाको जोखिम कपिलवस्तुमा कायमै रहेका कारण यस वर्ष दशै जस्तै तिहार पनि सामान्य किसिमले मनाउन आग्रह गरको हो ।
प्रमूख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले ई–साझाकुरा डट कमसगँ कुरा गदैँ भन्नुभयो तिहारको समयमा देउसी भैलो खेल्न प्रतिबन्ध नै नलगाए पनि सामान्य किसिमले मनाउन आग्रह गरिएको उहँको भनाई छ ।
कपिलवस्तु जिल्ला कोभिड १९ को उच्च जोखिममा रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी पौडेलले सके सम्म देउँसीका कार्यक्रम आयोजना नगर्ने र गर्नै पर्ने भए २५ जना भन्दा बढी भेला नहुने गरी आयोजना गर्न सकिने बताउनुभयो ।
अझै पनि कोरोनाका महामारीले एक अर्का सँग डर मान्नुपर्ने स्थिति भएका कारण देउँसीका नाममा गरिएको लापरवाहीले अर्काे संकट उत्पन्न हुन सक्ने हुँदा सकभर भैलो नखेल्न उहाँले आग्रह पनि गर्नुभयो ।
यस्तै तिहारका बेला भारतीय बजारबाट आयात हुने पटका जन्य पदार्थ र वस्तुहरुको पूर्ण रुपमा रोक लगाइएको भन्दै उहाँले जिल्ला भित्र भेटिए जफत गरिने र कानुन अनुसार कार्वाही पनि गरिने बताउनुभयो ।
त्यस्तै जुवातास खेल्ने, पटका, आतिशवाजी र भुइचम्मा जस्ता विस्फोटक पदार्थ बिक्री र प्रयोग नगर्न पनि प्रशासन कार्यालयले आग्रह गरेको छ ।
धार्मिक स्थल जस्तै चर्च, मस्जिद, गुम्बाहरुमा भेला भई कार्यक्रम गर्ने, प्रार्थना गर्ने, संगती गर्ने काम पनि सकभर नगर्न प्रमूख जिल्ला अधिकारी पौडेलले आग्रह गर्नुभएको छ ।


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया