

प्रधानमन्त्री ओली र भारतीय सेना प्रमुख बीच शिष्टाचार भेट



कात्तिक २१ काठ्माडौ ।
भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणेले आज नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नुभयो । सेनाध्यक्ष नरवणेसँगै भारतीय राजदूत विनय मोहन क्वात्रा तथा अन्य भारतीय अधिकारीहरुको पनि उक्त भेटवार्तामा उपस्थिति थियो ।
जनरल नरवणेले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली जनतालाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट शुभकामना सन्देश सुनाउनु भयो । नेपाल सरकारको न्यानो आतिथ्यका लागि पनि जनरल नरवणेले कृतज्ञता व्यक्त गर्नुभयो । सो भेटवार्तामा भारत र नेपालबीचको विस्तृत द्विपक्षीय साझेदारीबारे दुवै पक्षले छलफल गरेका थिए । जनरल नरवणेले दुई देशबीचको रक्षा सहकार्यलाई अझ सुदृढ पार्र्ने कुरामा जोड दिनुभयो । प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुअघि जनरल नरवणेले शिवपुरीस्थित ‘नेपाली आर्मी कमान्ड एण्ड स्टाफ कलेज’ को भ्रमण गरी त्यहाँका विद्यार्थी तथा कर्मचारीहरुलाई सम्बोधन गर्नुभएको थियो ।
आफ्नो भ्रमण समापन गर्नु अघि जनरल नरवणे भारतीय राजदूतावास पुगी नेपालमा रहेका करिब दुई लाख तीस हजार भारतीय सेनाका भूतपूर्व सैनिकहरु तथा उनीहरुका परिवारजनका लागि परिचालित कल्याणकारी कार्यहरु बारे जानकारी लिनुभएको थियो । सो क्रममा जनरल नरवणेले भारतको दोस्रो उच्च वीरता पुरस्कार ‘महावीर चक्र’ पदकबाट सम्मानित अवकाश प्राप्त हवल्दार दिलबहादुर क्षेत्रीलाई कल्याणकारी अनुदान प्रदान गर्नु भएको थियो । जनरल नरवणेले आफ्नो तीन दिने औपचारिक नेपाल भ्रमण सफलतापूर्वक सम्पन्न गरी आजै बेलुका भारत फर्किनुभयो ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया