
कपिलवस्तु नगरपालिकामा सडक निर्माणका क्रममा लापरबाही

कार्तिक २१, ई–साझाकुरा
कपिलवस्तु नगरपालिकामा सडक निर्माणका क्रममा लापरबाही गरेको भेटिएको छ ।सन्तोषी कन्ट्रक्सन र एनके कन्ट्रक्सनले सडकको जिम्मा पाएको थियो । तर हप्दादिन नपुग्दै सडकमा गरेको कालोपत्रे उक्किएको छ । कन्ट्रक्सन कपिलवस्तु नगरपालिका वडा नम्बर ६ को तिलौरीदेखि बंगाईसम्म कालो पत्रे गरेको थियो ।

कम्तीमा दुईचार वर्ष कालोपत्रे टिक्छ भन्ने सबैको विश्वास हुन्छ । तर ठेक्का सम्पन्न नहुँदै कालोपत्रे उप्किन थाल्यो भने काममा खेलबाड गरेको अनुमान गर्न सकिने ठाउँ प्राप्त भएको स्थानियहरुको छ ।कम्पनीको लापरबाही र कमसल सामग्री प्रयोग गरी कालोपत्रे गरिएका कारण निर्माण सम्पन्न नहुँदै सो सडकखण्डमा कालोपत्रे उक्किन थालेको हो ।

कम्पनीको तिव्र लापबाहीबाट कालोपत्रे उकिन्न थालेपछि स्थानीयबासीले सास्ती भोग्नु परेको छ । कालोपत्रे गर्ने क्रममा कमसल सामग्रीको समेत प्रयोग गरिएको भन्दै स्थानीयले ठुलै अनियमितता भएको आशंका गरेका छन् । उक्त सडक सहरी विकास कोषले बनाउन दिएको थियो ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया