

युरोपा लिगमा रोमाको फराकिलो जित


कार्तिक २१ काठमाडौं ।
इटालियन सिरी ए क्लब रोमाले युरोपा लिगअन्तर्गत समूह चरणको तेस्रो खेलमा फराकिलो जित निकालेको छ । बिहीबार राति भएको खेलमा रोमाले सीएफआर क्लुजलाई ५(० गोल अन्तरले पाजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा रोमालाई जित दिलाउन बोर्जा मयोरलले दुई गोल गरे । त्यस्तै हेनरिक मख्रियान, इबान्ज र पेड्रो रोर्डिगेजले समान एक(एक गोल गरे ।
खेलको पहिलो मिनेटमा हेनरिकले गोल गर्दै रोमालाई अग्रता दिलाए । २४औं मिनेटमा इबेन्जले गोल गर्दै रोमाको अग्रता दोब्बर पारे । ३४औं मिनेटमा मयोरलले गोल गर्दै रोमालाई ३(० गोलको अवस्थामा पुर्याए ।
पहिलो हाफमा तीन गोल गरेको रोमाले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भएको थियो । ८४औं मिनेटमा मयोरलले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४(० गोलको अवस्थामा पुर्याए ।
८९ मिनेटमा रोर्डिगेजले गोल गर्दै रोमालाई ५(० गोलको जित निकाले । जितसँगै समूह ‘ए’मा तीन खेलबाट ७ अंक जोडेको छ । रोमा तालिकाको शीर्ष स्थानमा छ । पराजित क्लुज ४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया