अर्घाखाँचीका पहिरो पिडित विद्यार्थीहरुलाई सहयोग

कार्तिक २०, अर्घाखाँची

अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा १२ को पहिरोमा बिस्थापित भएका करिब ९० जना बिद्यार्थीहरुलाई सहयोग प्रदान गरिएको छ । सत्य साई सेवा सङगठन द्वारा बिहिबार एक कार्यक्रमका बिच विद्यार्थीहरुलाई शैक्षिक सामाग्री पोसाक र झोला प्रदान गरिएको हो ।


बिधालयका प्रधानाध्यापक हिमलाल वेल्वासे र बिधालय ब्यबस्थापन समिति अध्यक्ष ऋषिराम बेल्बासेले कार्यक्रममा बोल्दै बिपत्तिमा सहयोग गर्ने सबैमा धन्यवाद दिनुभएको छ । उक्त सहयोग कार्यक्रमको संचालन तथा संयोजन गौरा मा बि का शिक्षक डिलाराम पौडेलले गर्नुभएको थियो ।

सितगंगा गनरपालिका वडा नम्बर १२ मा गत असोज ९ गते गएको पहिरोका कारण कैयौँ परिवार विस्थापित भएका थिए भने सिँगो गाउँ पहिरोको जोखिममा परेको थियो । पहिरोका कारण विस्थापित भएकाहरु हाल विभिन्न स्थानमा आस्रय लिएर बसिरहेका छन । उनीहरुलाई स्वदेश तथा विदेशबाट विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले सहयोग प्रदान गरिरहेका छन् ।

 

प्रतिक्रिया

खबर सबै