बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस

काठमाडौँ, २० कात्तिक ।

सुदूरपश्चिम प्रदेशस्थित बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । गएराती भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार रातिको समयमा ३.८ रेक्टर स्केलको भूकम्प गएको हो । बुधबार राति १० बजेर २३ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै