

कपिलवस्तुको मधुवनधाममा गौशाला निर्माणको प्रक्रिया सुरु



कपिलवस्तु, कार्तीक १९
छाडा रुपमा सडक र बस्तीमा ठूलो संख्यामा देखिने पशुचौपायाको व्यवस्थापन तथा गाईको संरक्षणका लागि वाणगंगा नगरपालिकामा गौशाला निर्माणको प्रक्रिया सुरु गरिएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं ८ को मधुवनधाममा गौशाला निर्माणको तयारीलाई अगाडी बढाइएको हो । गौशाला निर्माणका लागि वाणगंगा नगरपालिकाबाट विनियोजित रु. ३० लाख र स्थानिय जनसहभागिता तथा धामको समेत आर्थिक लगानीमा तत्कालका लागि ५० लााखको लागतमा गौशाला निर्माण प्रक्रिया अगाडी बढाइएको वडा अध्यक्ष गुणानिधि भुषाले जानकारी दिनुभयो ।
विशेष गरी छाडा छोडिएका पशु चौपयको व्यवस्थान र गाईको संरक्षण गरि त्यसबाट उत्पादन समेत लिने उद्धेश्य रहेको छ । निर्माण सम्पन्न भए पछि पहिलो चरणमा ५० देखि ६० वटा सम्म चौपायको व्यवस्थापन गरिने छ । पशु चौपायको उचित व्यवस्थापनको ढाँचा तयार भए सँगै क्रमशः संँख्या पनि बृद्धि गर्दै जाने र छाडा पशुको व्यवस्थापन पनि गरिने वडा अध्यक्ष भुषाले बताउनुभयो ।
गौशाला निर्माणका लागि गौ संरक्षण व्यावस्थापन समिति र गौशाला निर्माण उपभोक्ता समिति गरी २ वटा समिति समेत आज गठन गरिएको छ ।
गौ संरक्षण व्यावस्थापन समितिमा तुल्सीप्रसाद अर्यालको संयोजकत्वमा ९ सदस्यीय समिति गठन भएको छ भने गौशाला निर्माण उपभोक्ता समितिमा चक्रबहादुर भण्डारीको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया