समुदायमा कोरोना संक्रमण : सन्धिखर्क ८ को पकले बजार शिल

कार्तिक १९ ,अर्घाखाँची
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ स्थित एक गाउँमा कोरोना संक्रमण समुदायमै पुगेपछि बजार नै शिल गरिएको छ ।
वडा नम्बर ८ स्ति किमडाँडा पकलेमा पछिल्लो पटक मंगलबार समुदाय स्तरका ८ जना नागरिकमा कोरोना संक्रमण पुष्टि भए पछि बुधबार देखि पकले बजार आसपासका क्षेत्र पूर्ण रुपमा शिल गरिएको हो ।
कार्तिक १६ गते ८ जनाको स्वाब संकलन गरि परिक्षणका लागि भैरहवा प्रयोगशालामामा पठाईएको थियो। उक्त स्वाब संकलनकोे रिपोर्ट पोजेटिभ देखिएको जनस्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।
समुदाय स्तरमा ८ जनाको रिपोर्ट पोजेटिभ आए लगत्तै कोरोना संक्रमित ब्याक्तिहरुलाई वडा कार्यालयले होम आइसोलेशनमा सुरक्षित बस्न अपिल गर्दै पकले बजार सहित आसपासका क्षेत्रहरु शिल गरिएको वडा कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । त्यस्तै वडा कार्यालयबाट प्रवाह गरिने अत्यावस्यक बाहेकका अन्य सेवा पनि केही दिनका लागि स्थगित गरिएको जनाइएको छ ।

प्रतिक्रिया

खबर सबै