काठमाडौं आइपुगे भारतीय सेना प्रमुख नरवणे

कार्तिक १९, ई–साझाकुरा

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे काठमाडौं आइपुगेका छन् । भारतीय वायु सेनाको विमानमार्फत बुधबार दिउँसो त्रिभुवन विमास्थलमा उत्रिएका हुन् ।

विमास्थलबाट उनी नेपाली सेनाको स्कर्टिङमा सोल्टी होटल गएका छन् । उनी प्रधान सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा उनि ३ दिने नेपाल भ्रमणमा आएका हुन् ।

नेपाल भ्रमणको अवधिमा नरवणेले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतिसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

खबर सबै