

अर्घाखाँचीमा सव गाढेको साढे चार महिनापछि परम्परा अनुसार अन्त्यष्टि



अर्घाखाँची ।
अर्घाखाँचीमा शव गाडेको साढे चार महिना पछि पुन उत्खन्न गरी परम्परा अनुसार दाहसंस्कार गरिएको छ ।
जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ४ का ५७ वर्षीय यमप्रसाद खनालको गत जेठ २८ गते उपचार गरेर फर्कने क्रममा बाटोमा निधन भयो । क्वारेन्टाइनमा बसेको बेला स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला भैरहवामा पठाएको थियो । तर ब्यक्तिको मृत्यु भैसक्दा पनि पिसीआर परिक्षणका लागि प्रादेशिक प्रयोगशाला भैरहवामा पठाईएको स्वावको नतिजा नआएपछि खोजिकार्य गर्दा प्रयोगशालाकै लाहापर्वाहीका कारण स्वावको नमुना प्रयोगशाला भित्रै हराएको थियो । प्रयोगशालामा पठाएको नमुना हराएपछी पु:न मृत शरीरबाट स्वाव निकालेर पिसिआर जाँचका लागि प्रादेशिक प्रयोगशाला भैरहवामा पठाईएको स्वावको रिपोर्टमा कोरोना पोजेटिभ आएपछि सव व्यवस्थापन गर्न अन्यौल हुदा शवलाई २ दिनसम्म जङगलको बिचमा प्रतिक्षालयमा सव राखेर परिवारका सदस्यहरूले कुर्न बाध्य भए । त्यसबेला परिवारले चाहेको स्थानमा शव व्यवस्थापन गर्न र परम्परा अनुसार काजकिरिया गर्न नपाएपछि चार महिनापछि शव उत्खनन गरेर परम्परा अनुसार अन्त्येष्टि गरिएको परिवारका सदस्य प्रकाश खनालले बताए । अहिले परम्परागत रूपमा सवको दाहसंस्कार गरेपछि परिवारका सदस्यहरू काजकिरिया बसेका छन् । पछिल्लो समय कोरोनाबाट मृत्यु भएका ब्यक्तिको सव परम्परा अनुसार परिवारका सदस्यहरूले दाहसंस्कार गर्न पाउने नीति बनेपछी सव उत्खनन गर्न गाउँपालीकाले अनुमति दिएको मालारानी गाउँपालीकाका अध्यक्ष बालकृष्ण आचार्यले बताए ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया