

अर्घाखाँचीमा सव गाढेको साढे चार महिनापछि परम्परा अनुसार अन्त्यष्टि


अर्घाखाँची ।
अर्घाखाँचीमा शव गाडेको साढे चार महिना पछि पुन उत्खन्न गरी परम्परा अनुसार दाहसंस्कार गरिएको छ ।
जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ४ का ५७ वर्षीय यमप्रसाद खनालको गत जेठ २८ गते उपचार गरेर फर्कने क्रममा बाटोमा निधन भयो । क्वारेन्टाइनमा बसेको बेला स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला भैरहवामा पठाएको थियो । तर ब्यक्तिको मृत्यु भैसक्दा पनि पिसीआर परिक्षणका लागि प्रादेशिक प्रयोगशाला भैरहवामा पठाईएको स्वावको नतिजा नआएपछि खोजिकार्य गर्दा प्रयोगशालाकै लाहापर्वाहीका कारण स्वावको नमुना प्रयोगशाला भित्रै हराएको थियो । प्रयोगशालामा पठाएको नमुना हराएपछी पु:न मृत शरीरबाट स्वाव निकालेर पिसिआर जाँचका लागि प्रादेशिक प्रयोगशाला भैरहवामा पठाईएको स्वावको रिपोर्टमा कोरोना पोजेटिभ आएपछि सव व्यवस्थापन गर्न अन्यौल हुदा शवलाई २ दिनसम्म जङगलको बिचमा प्रतिक्षालयमा सव राखेर परिवारका सदस्यहरूले कुर्न बाध्य भए । त्यसबेला परिवारले चाहेको स्थानमा शव व्यवस्थापन गर्न र परम्परा अनुसार काजकिरिया गर्न नपाएपछि चार महिनापछि शव उत्खनन गरेर परम्परा अनुसार अन्त्येष्टि गरिएको परिवारका सदस्य प्रकाश खनालले बताए । अहिले परम्परागत रूपमा सवको दाहसंस्कार गरेपछि परिवारका सदस्यहरू काजकिरिया बसेका छन् । पछिल्लो समय कोरोनाबाट मृत्यु भएका ब्यक्तिको सव परम्परा अनुसार परिवारका सदस्यहरूले दाहसंस्कार गर्न पाउने नीति बनेपछी सव उत्खनन गर्न गाउँपालीकाले अनुमति दिएको मालारानी गाउँपालीकाका अध्यक्ष बालकृष्ण आचार्यले बताए ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया