
ब्राउनसुगर सहित एक युवा कपिलवस्तुबाट पक्राउ

कात्तिक १८ कपिलवस्तु ।
कपिलवस्तुमा सशस्त्र प्रहरीले प्रतिबन्धित लागूऔषध (ब्राउनसुगर) सहित एक जनालाई पक्राउ गरेको छ।
सोमबार राती १० बजे नेपालतर्फ लागूऔषध छिराउँदै गर्दा यशोधरा गाउँपालिका(५ सुठौली नाकाबाट पक्राउ गरिएको हो। लागूऔषध सहित कपिलवस्तु नगरपालिका १० बस्ने वर्ष २३ को दीपु सिंह समातिएका हुन्।
सिंहले १४ बटा पुरियामा पोको पारी लुकाएर ल्याउँदै गरेका थिए। बरामद गरेको लागूऔषधको तौल ६१.१८ ग्राम रहेको प्रहरीले जानकारी दिएको छ।
मोबाइल गस्ती टोलीले देखेपछि शङ्काको आधारमा चेकजाँच गर्दा ब्राउनसुगर फेला परेको सशस्त्र प्रहरी बल २८ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक ध्रुवबहादुर कार्कीले बताए।
पक्राउ परेका सिंहलाई अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा बुझाइएको छ। लकडाउन खुलेपछि कपिलवस्तुमा लागूऔषध तस्कर समेत सक्रिय हुन थालेका छन्।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया