

लुम्बिनीमा कांग्रेसले बनयो फखरुद्धिनलाई प्रमुख सचेतक



१८ कात्तिक, बुटवल ।
लुम्बिनी प्रदेश सभामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा फखरुद्दिन खान नियुक्त भएका छन् ।
कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले कांग्रेस संसदीय दलको विधान २०७४ को दफा ११ (१) को अधिकार प्रयोग गर्दै बाँकेका सुरेन्द्र हमाललाई हटाएर रुपन्देही ५ (२) बाट प्रत्यक्ष निर्वाचित खानलाई नियुक्त गरेका हुन् ।
खानलाई कात्तिक १७ गतेबाट लागू हुने गरी प्रमुख सचेतकमा नियुक्त गरिएको जानकारी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती र कांग्रेस केन्द्रीय कार्यालय सचिवलाई गराइसकेको नेता कनौडियाले जानकारी दिए ।
पार्टी संसदीय दलको निर्देशन विपरीत गतिविधि गरेकाले हमाललाई हटाएर खानलाई नियुक्त गरिएको कांग्रेस स्रोतले जनाएको छ । प्रमुख सचेतकमा नियुक्त ४० वर्षका खान प्रदेशसभाका कांग्रेस सांसदमध्ये अध्ययनशील र स्पष्ट वक्ताका रुपमा चिनिन्छन् ।
प्रदेशको स्थायी राजधानी दाङ सार्ने सरकारको प्रस्तावको सम्बन्धमा कांग्रेस संसदीय दलले रुपन्देहीका पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेपनि प्रमुख सचेतक हमाल, लेखा समिति सभापति डिल्ली चौधरी लगायत ६ जना सांसदले पार्टीको ह्वीप विपरीत दाङको पक्षमा मतदान गरेका थिए ।
त्यसअघि प्रदेश सभामा सरकारले राजधानी दाङ सार्ने प्रस्ताव पेश गर्दा कांग्रेसका अरु सांसद उठेर विरोध जनाउँदा हमाल सत्ता पक्षका सांसद जसरी आफ्नै सिटमा बसेका थिए ।


खबर सबै
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की






प्रतिक्रिया