

बुटवलमा र्याली : राजसंस्था पुर्नवहालीको माग


कार्तिक १७, ई–साझाकुरा
वीर गोर्खाली अभियानले रुपन्देहीमा मोटरसाईकल र्याली निकालेको छ । देश र श्रीपेचको रक्षाकोे लागि भन्दै राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाका लागि देशव्यापी अभियान सञ्चालन गर्ने कार्यक्रम अन्तर्गत सोमबार बुटवलमा मोटरसाइकल र्याली निकालेको रूपन्देही संयोजक खड्क जिसीले बताए ।

र्यालीमा यूवाहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’, ‘राजतन्त्र जिन्दावाद !, गणतन्त्र मुर्दावाद ! ’, ‘राजा आऊ, देश बचाऊ’ लगाएतका नाराबाजी समेत गरेका थिए । दिउँसोबाट सुरु भएको र्यालीमा करिब २ हजार मोटरसाइकल सहभागी भएको आयोजकले जनाएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मणिग्राम चोकबाट शुरू भएको र्याली योगीकुटी, मिलनचोक, बसपार्क, अमरपथ, गोलपार्क हुँदै बुटवलको ट्राफिक चोकमा पुगेर समापन गरिएको अभियान्ता सन्तोश राजावादीले जानकारी गराए ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया