

कपिलवस्तुकी एक मेहेनती महिला, जसको सपना छ विदेश गएका श्रीमानलाई स्वदेश फर्काउने



कार्तिक १७, ई–साझाकुरा
स्वदेशमा बेरोजगारका कारण विदेश जाने प्रचलन रहेदै आएको छ । जहाँ श्रीमान विदेश जाने श्रीमती घरमा बस्ने गर्दछन् । तर कपिलवस्तुकी एक महिलाले धन कमाउन विदेश गएका श्रीमानलाई स्वदेश फर्काउने अठोट लिएकी छिन् । उनि हुन् उषा अर्याल । अर्यालको सपना पूरा हुदै छ , बाणगंगा नन्दनगरकी ३२ बर्षिय अर्यालले तिन बर्ष अघि एउटा भैसी पालनबाट सुरु गरेको पशु ब्यवसाय यतिबेला फस्टाउदै गएको छ । अहिले गोठमा २८ वटा गाई,भैसी छन् । ढेड लाखबाट सुरु भएको व्यवसायमा अहिले १५ लाखको लगानी छ ।

स्थानिय सहकारीमा दुधको माग रहेकाले दुध बिक्री गर्न समस्या नभएको अर्याल बताउनुहुन्छ । दुधको बिक्रीबाटै मासिक ७० हजार आम्दानी हुने गरेको उहाँको भनाई छ । अहिले स्थानिय एक जना महिलालाई सहयोगीको रुपमा राख्नुभएको छ । ढेड बिगाहा जग्गामा घास खेती गनुभएकी उषाले १ कठ्ठा जग्गामा तिहार लक्षित सयपत्री फुलको समेत खेती गर्नुभएको छ । गत बर्ष ५ हजारको लगानीमा खेती गर्नुभएकी अर्यालले ५० हजार बढिको फुल र माला बिक्री गरेको बताउनुहुन्छ । त्यस्तै यस बर्ष ४५ हजारको लगानीमा गरिएको खेतीबाट करिब ढेड लाखको कारोबार गर्ने लक्ष्य रहेको अर्यालको भनाई छ । यसबर्ष कोरोनाले असर गर्ने हो की भन्ने लागेको छ ।
उषाले भन्नुभयो विदेशको कमाईले मात्रै कति नै हुन्छ र ? घरव्यवहार चलाउन ठिकै हुन्छ । म पनी खाली बसेर के गर्नु समय कटाउने मेसो पनी भयो । शुरुमा घरमै दुध दही र ध्युको लागि भैसी पाल्ने सोच बनाए तर पछि भैसी पालन ब्यवसाय गर्ने सोच बन्दै जादा अहिले यहासम्म आउदा खुसी छु भन्नुभयो ।
पुगेन सरकारको नजर
अर्यालले गुनासो गदैँ भन्नुभयो वास्तविक विकासमा सरकारको ध्यान नपुगेको छैन् । गत बर्ष बाणगंगा नगरबाट गोठ सुधार कार्यक्रम अन्र्तगतको अनुदान पाएपनी त्यो सहयोग पश्यात कुनै पनी कार्यक्रम बारे थाहा नपाएको उहाँको गुनासो छ । हुन त सरकारको आश गरेर हुदैँन तर पनी सरकारले बार्षिक करोडौँ बजेट कृषकका लागी छुट्टाएको भन्ने सुनिन्छ खै कहाँ आउछ, कसलाई आउन्छ थाहा नै भएन अर्यालको गुनासो छ ।
श्रीमानलाई स्वदेश फर्काउने सपना पुरा हुने छ ।वैदेशिक रोजगारका लागि विदेश गएका श्रीमानलाई स्वदेशमा नै पसिना बगाए सुन फलाउन सकिन्छ भन्ने उदाहरण दिदैँ स्वदेश फर्काउने सपना छिट्टै पुरा हुने अर्यालको विश्वास छ । व्यवसायका लागी लिएको ऋण तिरेर सकेपछि स्वदेश फकर्ने तयारीमा रहेको उनका श्रीमानले प्रेसपाटी सगंको फोन सम्पर्कमा बताउनुभयो । त्यहाँ पनी सोचे जस्तै आम्दानी छ दुबैजना मिल्यौँ भने अझ व्यवस्थित होला । लकडाउनका कारण अलिक असहज भयो अब पुससम्ममा म फर्किने तयारीमा छु उहाले भन्नभयो ।
डेरी सञ्चालन गर्ने
श्रीमान विदेशबाट फर्कनासाथ स्थानियस्तरमा डेरी उधोग सञ्चालन गर्ने तयारीमा रहेको अर्यालले बताउनुभएको छ । उत्पादित दुधलाई आफनै डेरीबाट बिक्री गर्दा उपभोक्ताले समेत शुद्ध दुध उपभोग गर्न पाउछँन भन्ने सोचले डेरी सञ्चालन गर्न लागेको अर्यालको भनाई छ ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया