

लुम्बिनी प्रदेशमा कोरोना : अहिले सम्म १७६ जनाले ज्यान गुमाए




कात्तिक १७ कपिलवस्तु
देशभर कोरोना संक्रमणका दैनिक नयाँ बिरामीहरु थपि रहँदा लुम्बिनी प्रदेशमा अहिले सम्म कोरोनाका कुल संक्रमितको संख्या १८ हजार ८ सय २२ पुगेको छ ।
लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले आजको नियमित प्रेस व्रिफिङका क्रममा दिनुभएको जानकारी अनुसार लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये आज पाँच जिल्लामा १३८ जना नयाँ संक्रमितहरु थपिएका छन् । जस अनुसार कपिलवस्तु जिल्लामा ८ जना, दाङमा १२ जना, बाँकेमा १३ जना, रुपन्देहीमा ९८ जना र नवलपरासी पश्चिममा १६ जना थपिएका हुन । त्यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरबाट कुल ७ सय ३३ जनाको स्वब संकलन गरिएको थियो ।
सूचना अधिकारी डा. पौडेलका अनुसार प्रदेश भर अहिले सम्म १२ प्रतिशत संक्रमितहरु रहेका छन् । आज साँझ सम्म प्रदेशका विभिन्न जिल्लामा रहका आईसोलेसन कोरोना अस्पतालहरुमा ३ हजार ४ सय ८७ जनाले उपचार गराईरहेका छन । ति मध्ये १ सय ७४ जना लक्ष्यण सहितका संक्रमितहरु रहेका छन् ।
कोरोनालाई जितेर लुम्बिनी प्रदेशबाट अहिले सम्म १५ हजार १८ जना डिस्चार्ज भएका पनि पौडेलले जानकारी दिनुभयो । यो प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या अहिले सम्म १ सय ७६ पुगेको छ । त्यस्तै अहिले प्रदेशभर १६० जना सामान्य, ४५ आईसियु, र ६ जनाको भेण्टीलेटरमा राखि उपचार भईरहेको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल धागो कारखानामा वुटवल, भिम अस्पताल भैरहवा,भेरी अस्पताल नेपालगञ्ज बाँके र केन्द्रिय आर्युवेद विद्यापिठ बेलझुण्डी दाङ गरि लुम्बिनी प्रदेशका १२ जिल्लाका कोरोना संक्रमितहरुलाई चारवटा कोरोना अस्पतालमा उपचार गरीदैँ आएको छ । यो सँगै अन्य निजि अस्पतालमा सोमबार साँझ सम्म ५८ जनाको सामान्य २० जनाको आईसियु र ४ जनाको भृण्टीलेटर राखि उपचार भईरहेको पनि उहाँले जनकारी दिनुभयो ।
अहिले कोरोना संक्रमणको पोजेटिविटी दर लुम्बिनी प्रदेशभर १२ प्रतिशत रहेको छ भने निको हुने दर ८० प्रतिशत रहेको छ । त्यसतै ज्यान गुमाउने दर ०.९४ प्रतिशत रहेको सूचना अधिकारी डा. पुष्राज पौडेलले बताउनुभयो ।
यसैबिच यता कपिलवस्तुमा आज थपिएका ८ जना कोरोनाका नयाँ संक्रमितहरु मध्ये तीनवटा स्थानिय तहका नागरिकहरु रहेको स्वास्थय कार्यालय कपिलवस्तुका कोराना फोकल पर्सन उमेश घिमिरेले जानकारी दिनुभयो । जस मध्ये वाणगंगा नगरपालिकामा २ जना महिला थपिएका छन । त्यस्तै कपिलवसतु नगरपालिकामा ४ जना पुरुष, र शिवराज नगरपालिकामा २ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया