

४ करोडको लागतमा ५ जना युवाले सुरु गरे कालिज पालन



कार्तिक १७, ई–साझाकुरा
लुम्बिनी प्रदेशको पाल्पामा पहिलोपटक ४ करोडको लागतमा व्यावसायिक रुपमा कालिज पालन सुरु भएको छ । कालिजको मासु तथा चल्ला बिक्री गर्ने उद्देश्यले तानसेनको बतासेडाँडामा यसको व्यावसायिक पालन सुरु भएको हो । पाल्पा र रुन्देहीका पाँच जना व्यवसायी मिलेर २४ रोपनी जग्गामा कालिज पाल्न सुरु गरेको ब्यवसायी सुरेन्द्र बस्यालले बताउनुभयो । उहाँका अनुसार फर्ममा हाल रिङ्नेक र ब्राउन जातको २२ सय कालिज हुर्किरहेको छ । निकट भविष्यमा वार्षिक ४० हजार कालिजका चल्ला उत्पादन गर्न ह्याचरी सञ्चालन गर्ने लक्ष्य फर्मको छ ।

सितोष्ण वाइल्डलाइफ एण्ड एग्रो रिसर्च सेन्टर प्रालि दर्ता गरेर पाँच जनाले कालिज पालेको उहाँले बताउनुभयो । कालिज पालनका लागि आवश्यक पर्ने १५ देखि २५ डिग्री सेन्टीग्रडको तापक्रम भएको जग्गाको खोजी गरेर जिल्लामै कालिज पालन गरिएको व्यवसायीहरूको दावी छ । हाल बजारमा एक वटा हुर्किएको कालिजको मुल्य चार हजार रुपियाँसम्म पर्छ । खादा स्वादिष्ट हुने र स्वास्थ्यका लागि समेत फाइदाजनक हुने भएकाले कालिजको मासु बिक्री गर्न कुनै समस्या नहुने अर्का व्यवसायी रामप्रसाद श्रेष्ठले बताउनुभयो ।
जङ्गलमा मात्र पाइने कालिजको मासु बजारमा माग बढी भए पनि उत्पादन अभावमा यसको बजार बिस्तार हुन नसकेको उनीहरूको भनाई छ । तर आफूहरूले बजारमा माग भएअनुसारको कालिज उत्पादन तथा बिक्री गर्ने र उपभोक्तालाई मासुमा नयाँ स्वाद दिलाउने व्यवसायीले उल्लेख गरेका छन् । पाल्पाका पर्यटकीय स्थलमा घुम्न आउने पर्यटकलाई नयाँ स्वादका लागि पनि आफूहरूले होटल सञ्चालन गर्न लागेको सञ्चालक कमल पाण्डेयले बताउनुभयो ।
कालिजको व्यवसायिक पालनसँगै भविष्यमा सरकारबाट स्वीकृति पाएपछि अन्य वन्यजन्तुको पालन सुरु गर्ने व्यवसायीहरूले बताएका छन् । अहिले २४ रोपनी जग्गामा कालिजको पालन र फलफूलजन्य बस्तु, कागती, सुन्तला, एबोगार्डको उत्पादन समेत सुरु गरेको श्रेष्ठले बताउनुभयो । भविष्यमा सरकारले अनुमति दिएको खण्डमा अन्य वन्यजन्तुको पालन समेत गर्छौँ उहाँले भन्नुभयो ।
स्रोत : गोरखापत्र अनलाइन


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया