

४ करोडको लागतमा ५ जना युवाले सुरु गरे कालिज पालन




कार्तिक १७, ई–साझाकुरा
लुम्बिनी प्रदेशको पाल्पामा पहिलोपटक ४ करोडको लागतमा व्यावसायिक रुपमा कालिज पालन सुरु भएको छ । कालिजको मासु तथा चल्ला बिक्री गर्ने उद्देश्यले तानसेनको बतासेडाँडामा यसको व्यावसायिक पालन सुरु भएको हो । पाल्पा र रुन्देहीका पाँच जना व्यवसायी मिलेर २४ रोपनी जग्गामा कालिज पाल्न सुरु गरेको ब्यवसायी सुरेन्द्र बस्यालले बताउनुभयो । उहाँका अनुसार फर्ममा हाल रिङ्नेक र ब्राउन जातको २२ सय कालिज हुर्किरहेको छ । निकट भविष्यमा वार्षिक ४० हजार कालिजका चल्ला उत्पादन गर्न ह्याचरी सञ्चालन गर्ने लक्ष्य फर्मको छ ।

सितोष्ण वाइल्डलाइफ एण्ड एग्रो रिसर्च सेन्टर प्रालि दर्ता गरेर पाँच जनाले कालिज पालेको उहाँले बताउनुभयो । कालिज पालनका लागि आवश्यक पर्ने १५ देखि २५ डिग्री सेन्टीग्रडको तापक्रम भएको जग्गाको खोजी गरेर जिल्लामै कालिज पालन गरिएको व्यवसायीहरूको दावी छ । हाल बजारमा एक वटा हुर्किएको कालिजको मुल्य चार हजार रुपियाँसम्म पर्छ । खादा स्वादिष्ट हुने र स्वास्थ्यका लागि समेत फाइदाजनक हुने भएकाले कालिजको मासु बिक्री गर्न कुनै समस्या नहुने अर्का व्यवसायी रामप्रसाद श्रेष्ठले बताउनुभयो ।
जङ्गलमा मात्र पाइने कालिजको मासु बजारमा माग बढी भए पनि उत्पादन अभावमा यसको बजार बिस्तार हुन नसकेको उनीहरूको भनाई छ । तर आफूहरूले बजारमा माग भएअनुसारको कालिज उत्पादन तथा बिक्री गर्ने र उपभोक्तालाई मासुमा नयाँ स्वाद दिलाउने व्यवसायीले उल्लेख गरेका छन् । पाल्पाका पर्यटकीय स्थलमा घुम्न आउने पर्यटकलाई नयाँ स्वादका लागि पनि आफूहरूले होटल सञ्चालन गर्न लागेको सञ्चालक कमल पाण्डेयले बताउनुभयो ।
कालिजको व्यवसायिक पालनसँगै भविष्यमा सरकारबाट स्वीकृति पाएपछि अन्य वन्यजन्तुको पालन सुरु गर्ने व्यवसायीहरूले बताएका छन् । अहिले २४ रोपनी जग्गामा कालिजको पालन र फलफूलजन्य बस्तु, कागती, सुन्तला, एबोगार्डको उत्पादन समेत सुरु गरेको श्रेष्ठले बताउनुभयो । भविष्यमा सरकारले अनुमति दिएको खण्डमा अन्य वन्यजन्तुको पालन समेत गर्छौँ उहाँले भन्नुभयो ।
स्रोत : गोरखापत्र अनलाइन


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया