

पुनः शुरु भयो कालीगण्डकीमा जल यातायात



कार्तिक १७, ई–साझाकुरा
कालीगण्डकी जलाशयमा वर्षाका कारण अवरुद्ध बनेको जल यातायात (स्टिमर सेवा) वर्षायाम सकिएपछि शुरु भएको छ । नदीमा पानीको बहाव घटेपछि कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा बनेको जलाशयमा जल यातायात (स्टिमर सेवा) पुनः शुरु भएको हो ।

वर्षाका कारण नदीमा बहाव बढेपछि दुर्घटना निम्तिने खतराले असारको पहिलो सातादेखि स्टिमर सेवा अवरुद्ध बनेको थियो । बहाव घटेपछि अवरुद्ध स्टिमर पुनः शुरु भएको स्थानीय तिलक पराजुलीले जानकारी दिए । लामो समयसम्म वर्षा भएका कारण बहाव नघटेकाले विगतका वर्षमा भन्दा यस वर्ष ढिलो गरी स्टिमर सेवा शुरु भएको पराजुलीको भनाइ छ ।
सहजरूपमा सञ्चालन गर्न सकिने भएपछि कात्तिक पहिलो सातादेखि सञ्चालनमा ल्याइएको शालिग्राम–कालीगण्डकी जल यातायात प्रालिका सञ्चालक चन्द्रबहादुर रानाले जानकारी दिए ।
गत असार पहिलो सातादेखि कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि दुर्घटना हुन सक्ने भएकोले साउन, भदौ र असोजमा सेवा बन्द गरिएको सञ्चालक रानाले बताए । “झण्डै चार महिनापछि सेवा शुरु भएको छ”, उनले भने, “स्टिमर सञ्चालनमा आएपछि यस क्षेत्रका बासिन्दाका लागि सहज भएको छ ।”
रानाका अनुसार स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी आँधीमुहानदेखि पर्वतको बिहादी गाउँपालिका–६ शालिग्राम सेतीवेणीसम्म सात किलोमिटरको दूरीमा १९ वर्षदेखि जल यातायात स्टिमर सेवा सञ्चालनमा छ ।
स्टिमर सेवाबाट दक्षिण पर्वतको बिहादी र पैंयु गाउँपालिकाका साथै स्याङ्जा, गुल्मी र बाग्लुङका बासिन्दा लाभान्वित हुने गरेको बिहादी गाउँपालिकाका अध्यक्ष कमल भुसालले जानकारी दिए । स्टिमरबाट दैनिक एक हजारभन्दा बढीले जलाशयमा ओहोरदोहोर गर्ने गरेको भुसालले बताए ।
स्टिमरमा १५० जना सवार गर्न मिल्ने १० वटा र १५ जना सवार गर्न मिल्ने माइक्रोस्टिमर दुईवटा सञ्चालन भइरहेको व्यवसायी हरिप्रसाद भट्टराईले जानकारी दिए । उनले दैनिक एक हजारभन्दा धेरै स्टिमरमा यात्रा गर्ने गरेको बताए । स्टिमर सेवा सञ्चालनपछि चार घन्टाको यात्रा आधा घन्टामा छोटिएको भट्टराईको भनाइ छ । कोरोना भाइरसको महामारीका कारण अहिले सामाजिक दूरी कायम गरी आधा सङ्ख्यामा मात्र यात्रुहरु राख्ने गरिएको छ भने भाडादर समेत बढाइएको छ । अहिले दुईतर्फी यात्रा गर्दा रु ४०० निर्धारण गरिएको समितिले जनाएको छ ।
कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना प्रभावित क्षेत्र स्याङ्जाको गल्याङ नगरपालिका, पर्वतको बिहादी गाउँपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाका स्थानीयवासीलाई सेवा पुनः शुरु भएपछि सहज बनाएको स्थानीय विष्णु न्यौपानेले बताए । यस वर्ष चाडपर्व पनि ढिला भएकाले ढिलैगरी स्टिमर सञ्चालन भए पनि दशैँ मनाउन सहज भएको स्थानीयले बताएका छन् । दशैँ तिहार मनाउन गाउँमा फर्कन सहज भएको छ भने मालसामान ढुवानी गर्नसमेत सहज भएको न्यौपानेले जानकारी दिए ।
स्टिमर सेवा बन्द हुँदा झण्डै चार महिना त्यस क्षेत्रका बासिन्दा आधा घन्टाको बाटो चार घन्टासम्म पैदल हिँडेर स्याङ्जाको गल्याङ पुग्न बाध्य भएका थिए । पर्वतको सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिलाको दर्शनका लागि आउने धार्मिक पर्यटक र स्टिमर चढ्नकै लागि आउने पर्यटकसमेत बढ्न थालेको विहादी–६ शालिग्रामका वडाध्यक्ष टेकबहादुर थापाले बताए ।
काठका ठूला तथा मझौला डुङ्गामा मालवाहक गाडीको इन्जिन जडान गरेर बनाइएका स्टिमर जल यातायातको साधन हो । ठूला मालवाहक गाडीजत्तिकै वहन क्षमता राख्ने हुँदा स्टिमर सेवा त्यस क्षेत्रका लागि वरदान नै सावित भएको थापाले बताए ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया