

अनलाइन करातेमा नेपाललाई २ स्वर्ण,१ रजत र ७ कास्य

कात्तिक १५, काठमाडौ ।
अनलाइन कराते वर्ल्ड च्याम्पियनसिपमा नेपालले २ स्वर्ण, १ रजत र ७ कास्य पदक जित्न सफल भएको छ । नेसनल कराते अफ ब्राजिलको आयोजनमा ३० र ३१ अक्टोबरमा भएको अनलाइन काता च्याम्पियनसिपमा नेपालले उक्त पदक प्राप्त गर्न सफल भएको प्रशिक्षक तथा खेलाडी रविन्द्र मानन्धरले जानकारी गराए ।
नेपालका लागि निता आचार्य र सोनिम मानन्धरले स्वर्ण पोल्टामा हाल्न सफल भएका थिए । ब्राउन बेल्टदेखि ब्लाक बेल्ट सम्मको प्रतिस्पर्धा गराईएको च्याम्पियनसिपको १३ देखि २१ बर्ष समूहमा निताले २४।७० अंक प्राप्त गर्दै आयोजक ब्राजिलकी क्यारोलिन एजोभेदोलाई पराजित गर्दै स्वर्ण कब्जा गरेकी हुन् । क्यारोलिनले २४।५५ अंक प्राप्त गरेकी थिईन् । तेश्रो स्थानमा इन्डोनेसिया र भारतका खेलाडीहरु रहे ।
यस्तै पुरुष तर्फको सोही स्पर्धामा नेपालका सोनिम मानन्धरले २४।९६ अंकका साथ स्वर्ण हात पारे । उनले भारतको सायक कमाकरलाई पराजित गरेका थिए । सायकले २४।७३ अंक हात पारेका थिए । तेश्रो स्थानमा क्युवा र ब्राजिलका खेलाडी रहे ।
निता र सोनिमले वेष्ट अफ दि वेष्ट तर्फ पनि कास्य पदक प्राप्त गरे । निताको समूहमा ब्राजिलले स्वर्ण, पेरुले रजत र ईन्डोनेसियाले कास्य पाए । यस्तै सोनिमको समूहमा मोरक्कोले स्वर्ण प्राप्त गर्दा ईन्डोनेसियाले रजत र कास्य पायो ।
यस्तै नेपालका लागि सञ्जु देसारले रजत हात पारिन् । महिला १४ देखि १५ बर्ष उमेर समूहमा देसारले २५।३१ अंक प्राप्त गरेकी थिईन् । प्रथम स्थान हात पारेकी इन्डोनेसियाकी नविला सकिलालिनोमले २५।३५ अंकका साथ स्वर्ण जितेकी थिइन् । तेश्रो स्थानमा रसिया र ब्राजिलका खेलाडी रहे ।
पुरुष ग्रिन देखि ब्लाकबेल्ट ८ देखि ९ बर्ष उमेर समूहको प्रतिस्पर्धामा सत्कार घर्ती मगरले ३७।१० अंक प्राप्त गर्दै नेपालका लागि कास्य जोडे । भेनेजुएलाका ग्राबिल ईडुआर्डोले ३२।३० अंकका साथ स्वर्ण र ईन्डोनेसियाका मोहमद अल तरावीले ३२।१७ अंकका साथ रजत पाए । यस्तै पेरुका आर्तुरो सान्चेजले कास्य पाए ।
महिलाको ह्वाईट÷एलो बेल्टको १४ – १५ बर्ष समूहमा दीपिका सापकोटाले २३।०१ अंकका साथ कास्य पाइन् । सो स्पर्धामा आयोजक ब्राजिलका खेलाडीहरुले स्वर्ण, रजत र कास्य पाए । यस्तै महिलाकै अरेन्ज ÷ रेड बेल्टमा अनुभा मङ्गर्तीले कास्य पाइन् । उनले २२।७३ अंक हात पारेकी थिईन् । सो स्पर्धामा उज्वेकिस्तानले स्वर्ण तथा ब्राजिलले रजत र कास्य पाए ।
महिला जुनियर १३ देखि २१ बर्ष उमेर समूहमा मिस्ली श्रेष्ठले २३।५३ अंकका साथ कास्य हात पारिन् । यस स्पर्धामा पहिलो, दोश्रोका साथै अर्को तेश्रो स्थान ब्राजिलले हात पा¥यो ।
१२ देखि ३१ बर्ष ब्लाक बेल्ट स्पर्धामा भने नेपालका खेलाडी राजकुमार श्रेष्ठ पाँचौ स्थानमा रहे ।
मास्टर्स ३२ देखि ४१ बर्ष उमेर समूहमा नेपालका प्रशिक्षक एवं खेलाडी रविन्द्र मानन्धरले कास्य पदक प्राप्त गरे । उनले २४।१७ अंक प्राप्त गरेका थिए । सो स्पर्धामा स्वर्ण र रजत आयोजक ब्राजिलले हात पा¥यो । हेल्दर कोटेस बोनिफासियोले २४।७३ अंक र कृष्टिआनो भानीले २४।३० अंकका साथ स्वर्ण र रजत प्राप्त गरे । अर्को कास्य पदक ब्राजिलकै पोल्टमा प¥यो ।
उक्त च्याम्पियनसिपमा नेपालको तर्फबाट रवी शाहीले संयोजनको भूमिका निर्वाह गर्नुका साथै निर्णायकको भूमिका पनि निर्वाह गरेको प्रशिक्षक रविन्द्र मानन्धरले जानकारी गराए ।


खबर सबै
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना
-
पेनाल्टी सुटआउटमा नेदरल्याण्डसलाई पराजित गर्दै मोरक्को विश्वकपको अन्तिम १६ मा
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना
-
पेनाल्टी सुटआउटमा नेदरल्याण्डसलाई पराजित गर्दै मोरक्को विश्वकपको अन्तिम १६ मा
-
काठमाण्डाै जादै गरेकाे बस कपिलवस्तुमा दुर्घटना, २२ जना घाइते
-
कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा विद्यार्थीका लागि अभिमुखीकरण
-
अमेरिका र इरानबीच एक-अर्कामाथि आक्रमण रोक्ने सहमति







प्रतिक्रिया