कारको ठक्करबाट एक महिलको मृत्यु

कार्तिक १४ चितवन ।
चितवनको खैरहनी नगरपालिकामा कारको ठक्करबाट आज एक महिलको ज्यान गएको छ । ज्यामिरेस्थित पूर्वपश्चिम राजमार्गमा पैदलयात्री सोही स्थानिकी ५० वर्षीया बुद्धिमाया दराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा १२ च ३१७७ नम्बरको कारले बाटो काट्दै गरेकी दराईलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट गम्भ्रि घाइते भएकी दराईको उपचारको क्रममा शुक्रबार साँझ ५ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

प्रतिक्रिया

खबर सबै