

गुल्मीमा ६३३ जनाले जिते कोराना



कार्तिक १४ गुल्मी ।
गुल्मीमा ६ सय ३३ जनाले कोरोना जितेर घर फर्केका छन् । जिल्लामा कुल संक्रमित ६ सय ९९ मध्ये ६ सय ३३ जना कोरोना मुक्त भएर घर फर्केको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
जिल्लामा हाल ५८ जना मात्रै कोरोना संक्रमित उपचारत रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । संक्रमितहरु आइसोलेशनमा राखेर उपचार भइरहेको छ । जिल्लामा हालसम्म ५ हजार १४० जनाको स्वाब संकलन गरिएको छ । जिल्लामा कोरोनाबाट ८ जनाको मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
हाल क्वारेन्टीनमा बस्नेहरुको संख्या शून्य रहेको छ । जिल्लाभर ७९० वटा वेडको क्वारेन्टिन निर्माण गरिएको छ । कोरोना संक्रमितको उपचार गर्न १४५ वेडको आइसोलेशन तयार गरिएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया