

कपिलवस्तुको बाणगंगाबाट जंगली जनावर बँदेलको मासुसहित ३ जना पक्राउ



कार्तिक १४ कपिलवस्तु
कपिलवस्तुबाट जंगली जनावर बँदेलको मासु सहित तीन जना पक्राउ परेका छन् । जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर १० पटना स्थित ढेकहीबाट ५५ किलो जंगली जनावर बँदेलको मासुसहित ३ जना पक्राउ परेका हुन । प्रकाउ परेकाहरुमा शुद्धोधन गाउपालिकाको हरनामपुरका हरि प्रसाद थारु र श्रवण कुमार चौधरी तथा बाणगंगा नगरपालिका– ११ का छठीराम पासी रहेको जिल्ला वन कार्यालयका सुचना अधिकारी मदनमोहन स्यान्डील्यले बताए ।
सुराकीका अधारमा प्रहरीले लु ३९ प ३४३० र युपी ५५ एबी २०२७ नम्बरको मोटरसाईलमा बदेलको मासु सहीत उनीहरुलाई पक्राउ गरि डिभिजन वन कार्यालय पिपरा पठाएको थियो । पक्राउ परेकाहरुले आफुहरुले सो बदेल भारतीय ब्यापारीबाट चाकरचौडामा ७ हजार भारतीय रुपैयामा किनेर ल्याएको दाबी गरेका छन् ।
प्रकाउ परेकाहरु माथी बन्यजन्तु ऐन अनुसार कारबाही प्रकृया अघि बढाईएको स्यान्डील्यले बताए । अदालतबाट कसुर ठहर भए ६ महिना कैद र २० हजार जरिवाना लाग्ने कानुनी प्रावधान छ । बरामद गरिएको मासुलाई स्थानीयबासी र पत्रकारको रोहोवरमा डिभिजन वन कार्यालय क्षेत्रमा नष्ट गरिएको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया