

कपिलवस्तुको बाणगंगाबाट जंगली जनावर बँदेलको मासुसहित ३ जना पक्राउ


कार्तिक १४ कपिलवस्तु
कपिलवस्तुबाट जंगली जनावर बँदेलको मासु सहित तीन जना पक्राउ परेका छन् । जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर १० पटना स्थित ढेकहीबाट ५५ किलो जंगली जनावर बँदेलको मासुसहित ३ जना पक्राउ परेका हुन । प्रकाउ परेकाहरुमा शुद्धोधन गाउपालिकाको हरनामपुरका हरि प्रसाद थारु र श्रवण कुमार चौधरी तथा बाणगंगा नगरपालिका– ११ का छठीराम पासी रहेको जिल्ला वन कार्यालयका सुचना अधिकारी मदनमोहन स्यान्डील्यले बताए ।
सुराकीका अधारमा प्रहरीले लु ३९ प ३४३० र युपी ५५ एबी २०२७ नम्बरको मोटरसाईलमा बदेलको मासु सहीत उनीहरुलाई पक्राउ गरि डिभिजन वन कार्यालय पिपरा पठाएको थियो । पक्राउ परेकाहरुले आफुहरुले सो बदेल भारतीय ब्यापारीबाट चाकरचौडामा ७ हजार भारतीय रुपैयामा किनेर ल्याएको दाबी गरेका छन् ।
प्रकाउ परेकाहरु माथी बन्यजन्तु ऐन अनुसार कारबाही प्रकृया अघि बढाईएको स्यान्डील्यले बताए । अदालतबाट कसुर ठहर भए ६ महिना कैद र २० हजार जरिवाना लाग्ने कानुनी प्रावधान छ । बरामद गरिएको मासुलाई स्थानीयबासी र पत्रकारको रोहोवरमा डिभिजन वन कार्यालय क्षेत्रमा नष्ट गरिएको छ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया