

चेन्नाई ६ विकेटले विजयी

कार्तिक १४, ई–साझाकुरा
अन्तिम बलमा छक्का प्रहार गर्दै चेन्नाई सुपर किंग्सले आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ ।
१७३ रनको लक्ष्य चेन्नाईले चार विकेट गुमाएर अन्तिम बलमा हासिल गरेको हो ।
न्नाईको जितमा ऋतुराज गायकवाडले ७२ रन योगदान गरे । शेन वाटसनले १४ र अम्बाती रायडुले ३८ रन बनाए । साम कुरानले १३ र रविन्द्र जडेजा ३१ रनमा नटआउट रहे ।

१९ ओभरमा चेन्नाईको स्कोर १६३ रन थियो । अन्तिम बलमा जितका लागि १ रन आवश्यक थियो । कमलेश नगरकोटीको बलमा जडेजाले छक्का प्रहार गरेर जित दिलाए । जडेजाले ११ बलमा ३१ रन योगदान गरे ।
बलिङतर्फ पेट कमिन्सन र वरुण चक्रवर्तीले २–२ विकेट लिए ।
यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७२ रन बनाएको थियो । कोलकाताका लागि नितिश रानाले सर्वाधिक ८७ रन बनाएका थिए । शुभमन गिलले २६ रन जोडेका थिए ।
बलिङतर्फ लुंगी निग्दीले दुई विकेट लिए ।
कोलकाताका लकी फर्ग्युसन सबैभन्दा महँगा बलर बने । उनले चार ओभरमा ५४ रन खर्चिए । सबैभन्दा किफायती बलर नितिश राणा रहे । एक ओभरमात्र बलिङ गर्ने मौका पाएका उनले १६ रन दिए ।


खबर सबै
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना







प्रतिक्रिया