

जीतपछि बार्साले उडायो युभेन्टस र रोनाल्डोको खिल्ली


कार्तिक १३, ई–साझाकुरा
शनिबार एल क्लासिकोमा ब्यहोरेको हारबाट पुनरागमन गर्दै बार्सिलोनाले च्याम्पियन्स लिगमा युभेन्टसलाई पारजित गरेको छ । बुधबार युभेन्टसलाई उसैको घरेलु मैदानमा २–० गोलअन्तरले पराजित गर्दै बार्साले च्याम्पियन्स लिगको नयाँ सिजनमा शतप्रतिशत नतिजा कायम राखेको छ ।

खेलमा युभेन्टसले सन् २००३–०४ सिजनपछि पहिलो पटक विपक्षीको पोष्टमा एक पनि प्रहार गर्न सकेन । उता, बार्सिलोना भने च्याम्पियन्स लिगको समूह चरणमा घरेलु मैदानबाहिर खेलिएका पछिल्ला ११ खेलमा अपराजित रहेको छ ।
बुधबारको खेललाई दुई वर्षपछि मेस्सीविरुद्ध क्रिस्टियानो रोनाल्डोको भिडन्त हुने भनेर प्रतिक्षा गरे पनि रोनाल्डो कोरोनाभाइरसको संक्रमणका कारण खेलमा सहभागी हुन सकेनन् । पोर्चुगलका लागि खेल्ने क्रममा गत १३ अक्टुबरमा उनमा संक्रमण पुष्टि भएको थियो । समयमा नेगेटिभ रिपोर्ट नआउँदा उनी खेलमा सहभागी हुन पाएनन् ।
खेलपछि बार्सिलोनाले सामाजिक सञ्जालमा विपक्षीलाई जिस्क्याउँदै मेस्सीको तस्विर राखेर लेखेको थियो – युभेन्टेस, तपाईंहरुको मैदानमा ‘गोट’ (सर्वकालिन महान् खेलाडी) लाई हेर्न पाएकोमा खुसी छौँ ।’
जीतसँगै बार्सिलोना समूहको शीर्ष स्थानमा रहेको छ भने ३ अंकसहित युभेन्टस दोस्रो स्थानमा रहेको छ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया