दूग्ध वितरण आयोजनामा ९५ मेट्रिक टन पाउडर दूध थन्कियो

कार्तिक १२,ई–साझाकुरा

विराटनगरस्थित दूग्ध वितरण आयोजनामा चाडवाडको समयमा पनि दूध तथा दूग्धजन्य पदार्थको विक्री घट्दा दूध तथा दुग्धजन्य पदार्थको मौज्दात वृद्धि भएको छ ।

कोरोना महामारीका कारण दशैंमा समेत दूधको विक्री घटेपछि विराटनगर दूग्ध वितरण आयोजनामा करिब ९५ मेट्रिक टन पाउडर दूध थन्किएको छ ।

त्यस्तै, ९० मेट्रिक टन घ्यू मौज्दात रहेको छ । गत वर्षका चाडवाडमा दैनिक ४ हजार ५ सय लिटर दूध विक्री हुदै आएकोमा कोरोना महामारीका कारण यस वर्षको दशैं अगाडि दैनिक ४ हजार लिटरसम्म दूध विक्री हुने गरेको आयोजनाका निमित्त प्रमुख गणेश कुमार यादवले जानकारी दिए ।

विराटनगर दूग्ध वितरण आयोजनाले दैनिक करिब २६ हजार लिटर दूध संकलन गर्दै आएको छ भने करिब १० हजार लिटर दूध तथा दुग्धजन्य पदार्थ विक्री हुने गरेको छ ।

हेटौंडाबाट समेत दूध आउदा सो आयोजनाले दैनिक २० हजार लिटर दूधको पाउडर बनाउने गरेको छ । चाडबाडपछि दूध उत्पादन झनै बढ्ने भएकाले दूधको व्यवस्थापन गर्न आयोजनालाई कठिन हुने बताइएको छ ।

प्रतिक्रिया

खबर सबै