
नेकपा कपिलवस्तुको दशै शुभकामना, आपसी एकता जोडौँ

कात्तिक १० कपिलवस्तु
नेपालीहरुको महान सांस्कृतिक पर्व विजया दशमी २०७७ सालको पावन अवसरमा नेकपा कपिलवस्तुद्धारा शुभकामना सन्देश जारी गरेको छ । नेकपा कपिलवस्तुका जिल्ला अध्यक्ष झविलाल पोख्रेल र जिल्ला सचिव रामचन्द्र शाह (विष्णु) द्धारा जारी संयुक्त शुभकामना सन्देशममा सबै जात, जाती, भाषा, भाषि, वर्ग, समुदाय बीचको भाइचारा, एकता, सदभाव, सहिष्णुता कायम गर्न विजया दशमी २०७७ सालले सबैमा प्रेरणा प्रदान गर्नेे विश्वास लिएको जारी सन्देशममा उल्लेख गरिएको छ ।
शुभकामना सन्देशमा खुसी, नेपाली समृद्ध नेपाल निर्माणको महान अभियानलाई सार्थक बनाउन सबैको आ– आफ्नो स्थानबाट सकारात्मक भूमिका आवश्यक रहेको भनिएको छ । जारी शुभकामना सन्देशमा पर्व, संस्कृतीका नाममा हुने विकृत कार्यलाई हटाउर्दै पर्वलाई सकारात्मक सोचको विकास त्यस्ता कार्यको संरक्षण, प्रवर्धन र नविन कार्यको शुभारम्भका रुपमा विकास गर्नु पर्ने जारी सन्देशमा जोड दिएको छ ।
शुभकामना सन्देशमा विश्व ब्यापी रुपमा देखा परेको कोभिड १९ लाई परास्त पार्न आफु पनि सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्न सुरक्षाका मापदण्ड अवलम्बन गर्दै दशै पर्व मनाउन आग्रह गरिएको नेकपा जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया