

सार्वजनिक यातायातले पूरै क्षमतामा यात्रु बोक्न पाउने



कात्तिक ३ काठमाडौं ।
सार्वजनिक यातायातले पनि आन्तरिक हवाईजहाजले जस्तै सिटभरी यात्रु बोक्न पाउने भएका छन्। असोज २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले पूरै सिटमा यात्रु बोक्न पाउने व्यवस्थासहित भाडा पनि चैत ११ अघिकै कायम गरेको छ। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता पार्वत गुरुङले सार्वजनिक छोटो, मध्यम र लामोदुरीका यातायातले सबै सिटमा यात्रु राख्ने पाउने जानकारी दिए। उनले भाडा पनि चैत ११ गते अघिकै कायम गरिएको पनि बताएका छन्।
लकडाउनका कारण धरापमा परेको सार्वजनिक यातायात खुलाउने निर्णय गर्दै सरकारले यसअघि क्षमताको आधा मात्रै यात्रु बोक्न पाउने निर्णय गरेको थियो। त्यसका साथै ५० प्रतिशत बढी भाडा लिन पाउने पनि व्यवस्था सरकारले गरेको थियो।


खबर सबै
-
चक्रवातको प्रभाव : कपिलवस्तु सहित लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै







प्रतिक्रिया