

वाणगंगामा थप १९ जनामा कोरोना संक्रमण



कपिलवस्तुको वाणगंगामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत असोज ३० गते गरिएको पीसीआर परिक्षण मध्येबाट १९ जनामा कोरोना देखिएको हो ।
जसमा ६ जनामा लक्षण देखिएको वाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले मायादेवीलाई बताउनुभयो । लक्षण देखिएका संक्रमितको बुटवलमा उपचार भैरहेको पौडेलले बताउनुभयो ।सोमबार नगरमा भेटिएका संक्रमित मध्ये १३ जना पिपरा अस्पताल र नगरका स्वास्थ्यकर्मी रहेका छन् । अरु स्थानीयबासी रहेको उहाँले बताउनुभयो ।
गत असोज २९ गते पिपरा अस्पतालमा उपचारका लागि आएकी एक महिनामा संक्रमण देखिएको थियो । विरामीमा संक्रमण देखिएपछि एक दिन अस्पताल बन्द गर्ने अस्पताल सञ्चालक समितिले निर्णय गरेपछि पछि उक्त निर्णयलाई पुनः विचार गर्दै अस्पताल खोलाएको थियो ।यता नगरमा अहिले सक्रिय संक्रमित सोमबार थपिएका १९ जनासंगै ४३ जना पुगेका छन् ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया