

वाणगंगामा थप १९ जनामा कोरोना संक्रमण



कपिलवस्तुको वाणगंगामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत असोज ३० गते गरिएको पीसीआर परिक्षण मध्येबाट १९ जनामा कोरोना देखिएको हो ।
जसमा ६ जनामा लक्षण देखिएको वाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले मायादेवीलाई बताउनुभयो । लक्षण देखिएका संक्रमितको बुटवलमा उपचार भैरहेको पौडेलले बताउनुभयो ।सोमबार नगरमा भेटिएका संक्रमित मध्ये १३ जना पिपरा अस्पताल र नगरका स्वास्थ्यकर्मी रहेका छन् । अरु स्थानीयबासी रहेको उहाँले बताउनुभयो ।
गत असोज २९ गते पिपरा अस्पतालमा उपचारका लागि आएकी एक महिनामा संक्रमण देखिएको थियो । विरामीमा संक्रमण देखिएपछि एक दिन अस्पताल बन्द गर्ने अस्पताल सञ्चालक समितिले निर्णय गरेपछि पछि उक्त निर्णयलाई पुनः विचार गर्दै अस्पताल खोलाएको थियो ।यता नगरमा अहिले सक्रिय संक्रमित सोमबार थपिएका १९ जनासंगै ४३ जना पुगेका छन् ।








प्रतिक्रिया