
बलत्कार विरुद्ध बोडगाउँमा किशोरीहरुद्धारा विरोध

भगवती न्यौपाने ,असोज ३० कपिलवस्तु
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित बोडगाउँमा किशोरीहरुले बलत्कार विरुद्ध कालो पहिरनमा विरोध जनाएका छन् । किशोरी हत्या हिंसा तथा बलत्कार विरुद्ध विरोध अभियान अन्र्तगत सो विरोध सभाको आयोजना वडा बाल संञ्जालले गरेको थियो । शुक्रबार साँझ बोडगाउँ चोकमा जम्मा भएका किशोरीहरु सबै कालो कपडा लगाएर विरोधका नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए । उनीहरुले ने मेर्सी फर रेपिस्ट लगाएतका विभिन्न नारा लेखिएका कार्डहरु बोकेका थिए ।
किशोरी हत्या हिंसा तथा बलत्कार विरुद्ध अभियान भन्ने नाराका साथ आयोजना गरेको वडा बाल सञ्जाल वाणगंगा नगरपालिका ८ लाई ८ नम्बर वडा कार्यलय , मेचीमहाकाली बुहारी संयुक्त आवाज शाखा कपिलवस्तु, ESDO ,महिला सञ्जालको एकवद्धता रहेको थियो । उक्त विरोध कार्यक्रममा नगरकार्यपालिका सदस्य गिता भुषालले जघन्य अपराध गर्ने जो कोहिलाई कानुनको दायरामा ल्याउनु पर्ने बताउदै महिला समाजका अभिङ अङ्ग भएको बताउनु भयो । राष्ट्रपति नारी भएको यो देशमा, अझै हिंसा रोकिएन पितृसत्ता समाजमा , बलत्कारी हत्यारालाई संरक्षण दिन्छ सरकार ,अझै कति चेलिको सुन्नु छ चीत्कार, लगायतका नारा लेखिएका प्लेकार्ड प्रस्तुत गरिएको थियो ।
अहिले कपिलवस्तु सहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बलत्कर विरुद्ध किशोरीहरुले कालो कपडा लगाएर विरोध जनाईरहेका छन् । सोही अनुसार आज बोडगाउँमा पनि उनीशरुले विरोध गरेका थिए । देशभर भईरहेका बलत्कारका घटना प्रति सरकार र राज्य स्तरबाट बलत्कारीलाई कडा कानुन बनाउनुपर्ने उनीहरुको माग रहेको छ । अबोध किशोरीहरु माथि हुने बलत्कारका घटनाले सिँगो नेपाल भरीका किशोरी र महिलाहरु स्वतन्त्र हुन नसकेको उनीहरुको जोड रहेको छ । किशोरी तथा महिलाहरुलाई खेलौना सरह ठानिएको भन्दै किशोरीहरुले यस्ता अपराध गर्नेलाई कडा कार्वाही तथा सजायको माग गरेका छन् ।



खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया