

ब्राजिलमा कोरोना भाइरसः ज्यान गुमाउनेको संख्या डेढ लाख नाघ्यो


असोज २६ काठमाण्डौ ।
ब्राजिलमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या डेढ लाख नाघेको छ ।
ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमणबाट एक लाख ५० हजार १ सय ९८ जनाको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । ५० लाख ८२ हजार ६ सय ३७ जनामा कोरोना पुष्टि भएको ब्राजिल सङ्क्रमित धेरै हुने देशको सूचीमा तेस्रो स्थानमा छ । तर ज्यान गुमाउनेको संख्या धेरै हुने देशको सूचीमा दोस्रो स्थानमा छ ।
ब्राजिलमा भन्दा धेरै सङ्क्रमित संयुक्त राज्य अमेरिका र भारतमा छन् । अमेरिकामा ७९ लाख ४५ हजारमा कोरोना पुष्टि हुँदा २ लाख १९ हजारको ज्यान गएको छ । यस्तै ७० लाख ५१ हजारमा कोरोना पुष्टि भएको भारतमा १ लाख ८ हजारले ज्यान गुमाइसकेका छन् ।
विश्वभर ३ करोड ७४ लाख ५० हजारमा कोरोना पुष्टि भइसकेको छ । जसमध्ये २ करोड ८१ लाख निको भएका छन् । १० लाख ७७ हजारको भने ज्यान गएको वल्ड्रोमिटरले जनाएको छ ।


खबर सबै
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग






प्रतिक्रिया