
राजश्व अनुसन्धान अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

असोज २५ काठमाडौं ।
राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
गुटखा तथा चिनी व्यवसायी अनिलकुमार झाबाट राजस्व लगायतका विभिन्न काममा सहजीकरण गरिदिएवापत २ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध आइतबार मुद्दा दायर गरेको हो ।
झाबाट मासिक रुपमा घुस लेनदेन गर्ने गरेको भन्ने सूचनाका आधारमा आयोगले राना र झालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानको क्रममा रानाले राजस्व लगायतका काममा सहजीकरण गरिदिएवापत झासँग दुई लाख रुपैयाँ घुस लिएको पुष्टि हुन आएकोले उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार झाले प्रमुख अनुसन्धान अधिकृत रानालाई प्रलोभनमा पारी घुस दिएको पुष्टि हुन आएकोले उनीविरुद्ध पनि मुद्दा दायर गरिएको हो ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया