

हावाबाट कोरोना संक्रमण बढी फैलिरहेको सीडीसीकाे दाबी


ई–साझाकुरा, असोज २१
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसीको एक अध्ययनले अहिले हावाबाट कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढी फैलिरहेको देखाएको छ । सिडिसीले सोमबार हावामा रहेको भाइरस अन्य व्यक्तिमा सर्न सक्ने पुष्टि गरेको हो ।
सीडीसीका अनुसार कोरोना भाइरस धुवाँजस्तो लामो समयसम्म हावामा रहन सक्ने भएकाले यसको संक्रमण फैलिरहेको छ । सामान्यतः संक्रमितको मुखबाट निस्केका एरोसेलहरू ६ फिट पर हावाको माध्यमबाट सजिलै पुग्न सक्ने र अन्य व्यक्तिमा फैलिने तथ्य पहिले नै सार्वजनिक भइसकेको थियो ।
अमेरिकी वैज्ञानिकहरूको एक समूहले सोमबार मेडिकल जर्नल अफ साइन्समा प्रकाशित गरेको अध्ययनअनुसार पछिल्लो समय संक्रमितको नजिकबाट भन्दा पनि हावाबाट संक्रमण बढी फैलिरहेको हो । संक्रमणबाट बच्न भौतिक दूरी कायम गरिएकाले संक्रमणको दर घट्नुपर्ने भए पनि तुलनात्मक रूपमा बढिरहेकाले पनि हावालाई नै संक्रमितको प्रमुख माध्यम मानिएको छ ।
अनुसन्धानका अनुसार हावामा रहेका भाइरस केही सेकेन्डदेखि केही घन्टासम्म बाँच्न सक्छन् । र, हावाको माध्यमबाट दुई मिटर वा सोभन्दा बढी यात्रा गर्न सक्छन् । हावामा रहेका भाइरस उडेर इन्डोर वा कम भेन्टिलेसन भएका स्थानसम्म पुग्न सक्छन्, जुन अन्य व्यक्तिका लागि जोखिमपूर्ण हुन्छन् ।
पछिल्लो समय हजारौं संक्रमितले श्वास फेर्दा वा हाछ्यँु गर्दा निस्कने एरोसेलले हावामा लाखौँको संख्यामा भाइरस हुन सक्ने र सावधानी नअपनाउँदा सजिलै स्वस्थ व्यक्तिमा सर्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।
अध्ययनका अनुसार, एकचोटि खोक्दा कम्तीमा तीन हजार र हाछ्युँ गर्दा ३० हजारभन्दा बढी पानीका थोपाहरू निस्कन्छन् । जुन हावामा मिसिन्छन्, हावाको गति बढी भएमा छोटो समयमा परसम्म पुग्न सक्छन् ।
अनुसन्धानकर्ताहरुले घरमा बस्दा पनि हावालाई स्वच्छ राख्न पर्याप्त भेन्टिलेसनको आवश्यकतामा जोड दिएका छन् ।


खबर सबै
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग






प्रतिक्रिया