


अन्ततः बन्यो प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ



असोज २० वुटवल
प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ क्षेत्र कायम भएको छ।
प्रदेशसभामा पेस भएको प्रदेशको स्थायी राजधानी दाङ बनाउने सरकारको आन्तरिक कार्यविधिसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो। प्रदेशसभामा भएको मतदानमा बैठकमा उपस्थित ८२ मध्ये राजधानी दाङ कायम गर्ने पक्षमा ६९ मत खसेको थियो। विपक्षमा १३ मत परेको छ। यससँगै दाङको राप्ती र गढवा गाउँपालिकाको क्षेत्रलाई प्रदेश ५ को राजधानी कायम गरिएको छ। प्रदेशसभाका सभामुख पूर्ण घर्ती मगरले अस्थायी राजधानी बुटवलको संसद भवनबाट दाङको भालुवाङ दुईतिहाइ बहुमतले स्थायी राजधानी कायम भएको घोषणा गरे।
प्रदेश सरकारका कानुन मन्त्री कुलप्रसाद केसीले दाङको भालुवाङ क्षेत्रलाई स्थायी राजधानी कायम गर्नुपर्ने प्रस्ताव सोमबार पेश गरेका थिए। त्यसक्रममा संसदमा तनाव भएको थियो। कांग्रेसका सांसदहरुले सभाका कुर्सी तोडफोड गरेका थिए। तर दाङमा राजधानी लाने पक्षमा कांग्रेसका सांसदहरुले पनि मतदान गरेका छन्।
प्रदेश ५ को प्रदेशसभामा ८७ जना सांसद रहेका छन्। जसमा नेकपाका मात्र ६१ जना छन्। कांग्रेसका १९ सांसद, जनता समाजवादीका ६, राष्ट्रिय जनमोर्चा १ जना सांसद छन्।


खबर सबै
-
बुटवलको तिनाउ नदि किनारका १५ जनालाई सुरक्षित स्थानमा सारियो
-
भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा १६ सयभन्दा बढी तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान






प्रतिक्रिया