

राजधानी बिरुद्ध सोमवार ( आज ) लुम्बिनी बन्द



ई-साझाकुरा, असोज १८
बुटवल-प्रदेश ५ को राजधानी सार्ने प्रस्तावको विरुद्धमा रुपन्देही संयुक्त सञ्जालले साविक लुम्बिनी अञ्चलका क्षेत्र बन्दको आह्वान गरेको छ। सञ्जालले सोमबार साबिक लुम्बिनी अञ्चलमा बन्दको आह्वान गर्दै प्रदेशको राजधानी सार्ने प्रस्तावका विरुद्धमा एकजुट भएर प्रदेश सभा घेराउ गर्नका लागि आह्वान गरेको छ।
सञ्जालका संयोजक खिमबहादुर हमालले सरकार र सांसदलाई दबाबस्वरुप साबिक लुम्बिनी अञ्चलका ६ जिल्ला रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी र अर्घाखाँचीमा बन्दको आह्वान गरेको जानकारी दिए। सञ्जालले सोमबार प्रदेशसभा घेराउ गर्ने कार्यक्रम रहेको संयोजक हमालले बताए। सञ्जालले आइतबार बुटवलमा प्रदर्शन गर्दै रुपन्देहीमै राजधानी कायम गर्न माग गरेको थियो।


खबर सबै
-
गुल्मीको मुसिकोटमा पहिरोले घरमा क्षति, परिवार सुरक्षित स्थानमा सारियो
-
आइतबारसम्म भारी वर्षाको सम्भावना, अनावश्यक यात्रा नगर्न विभागको आग्रह
-
लुम्बिनी प्रदेशको कपिलवस्तु सहित पश्चिमका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
-
बाढीले डुबायो सुस्ता, ४०० सुस्तावासी होल्डिङ सेन्टरमा स्थानान्तरण
-
अझै २४ घण्टा भारी वर्षाको सम्भावना : मौसमविद्
-
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
-
बाढीले डुबायो सुस्ता, ४०० सुस्तावासी होल्डिङ सेन्टरमा स्थानान्तरण
-
अझै २४ घण्टा भारी वर्षाको सम्भावना : मौसमविद्
-
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
-
रुपन्देहीमा उत्पादित ‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
-
अविरल वर्षाले लुम्बिनी प्रदेशका नौ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध, एक स्थानमा एकतर्फी यातायात सञ्चालन
-
टी-२० वरियतामा नेपालको दुई स्थान सुधार







प्रतिक्रिया