

पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ११ मा कोरोना संक्रमण पृष्टि



ई-साझाकुरा, असोज १५
मुलुकमा थप १ हजार ९ सय ११ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ९ सय ११ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ७९ हजार ७ सय २८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेशको १ को उदयपुरमा ३ जना, ओखलढु्ंगामा ३ जना, खोटाङमा २ जना, झापामा ४ जना, ताप्लेजुङमा १ जना, भोजपुरमा १ जना, मोरङमा १ सय ५ जना, सुनसरीमा ६६ जनामा संक्रमण देखिएको छ ।
यस्तै, प्रदेश २ को धनुषामा १९ जना, पर्सामा २८ जना, बारामा १४ जना, महोत्तरीमा १६ जना, रौतहटमा ४ जना, सप्तरीमा १६ जना, सर्लाहीमा ५ जना र सिरहामा ३९ जनामा संक्रमण पुष्टि भएको छ ।
यता, वागमती प्रदेशको काठमाडौंमा ८ सय १७ जना, काभ्रेमा १७ जना, चितवनमा ८६ जना, दोलखामा ३ जना, धादिङमा १७ जना, नुवाकोटमा १० जना, मकवानपुरमा १७ जना, रामेछापमा ६ जना, सिन्धुपाल्चोकमा ३ जना, सिन्धुलीमा ४ जना, ललितपुरमा ६८ जना र भक्तपुरमा ५८ जनामा संक्रमण देखिएको छ ।
यस्तै, गण्डकी प्रदेशको कास्कीमा २८ जना, गोरखामा ५ जना, तनहुँमा ८ जना, नवलपरासी पूर्वमा १४ जना, पर्वतमा २ जना, लमजुङमा २ जना, वागलुङमा १४ जना र स्याङजामा १ जनामा संक्रमण देखिएको छ ।
यता, प्रदेश ५को कपिलवस्तुमा ३ जना, गुल्मीमा ३ जना, दाङमा ९ जना, नवलपरासीमा १० जना, पाल्पामा ३ जना, बर्दियामा ४ जना, बाँकेमा ३० जना, रुपन्देहीमा ९१ जना र रुकुम पूर्वमा ५ जनामा संक्रमण देखिएको छ ।
यस्तै, कर्णाली प्रदेशको कालिकोटमा ७ जना, जुम्लामा ३७ जना, दैलेखमा २ जना, सल्यानमा ३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा १ जना, कञ्चनपुरमा २४ जना, कैलालीमा १ सय ६१ जना, डडेल्धुरामा १ जना, बझाङमा २ जना र बैतडीमा ४ जनामा संक्रमण देखिएको छ ।


खबर सबै
-
गुल्मीको मुसिकोटमा पहिरोले घरमा क्षति, परिवार सुरक्षित स्थानमा सारियो
-
आइतबारसम्म भारी वर्षाको सम्भावना, अनावश्यक यात्रा नगर्न विभागको आग्रह
-
लुम्बिनी प्रदेशको कपिलवस्तु सहित पश्चिमका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
-
बाढीले डुबायो सुस्ता, ४०० सुस्तावासी होल्डिङ सेन्टरमा स्थानान्तरण
-
अझै २४ घण्टा भारी वर्षाको सम्भावना : मौसमविद्
-
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
-
बाढीले डुबायो सुस्ता, ४०० सुस्तावासी होल्डिङ सेन्टरमा स्थानान्तरण
-
अझै २४ घण्टा भारी वर्षाको सम्भावना : मौसमविद्
-
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
-
रुपन्देहीमा उत्पादित ‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
-
अविरल वर्षाले लुम्बिनी प्रदेशका नौ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध, एक स्थानमा एकतर्फी यातायात सञ्चालन
-
टी-२० वरियतामा नेपालको दुई स्थान सुधार







प्रतिक्रिया