

चीनसँगको पहिलो अन्तर्देशीय प्रसारण लाइनको फिल्ड भेरिफिकेशनको काम रोकियाे

ई–साझाकुरा, असोज ११
चीनसँगको पहिलो अन्तर्देशीय प्रसारण लाइनको फिल्ड भेरिफिकेशनको काम रोकिएको छ ।६ वर्षभित्र काम सम्पन्न गर्नेगरी दुई वर्ष अघि सुरु भएको प्रसारण लाइनको फिल्ड भेरिफिकेशनको काम कोभिड–१९ का कारण रोकिएको रातमाटे–रसुवागढी–केरुङ ४ सय केभी प्रसारण लाइन आयोजनाले जनाएको छ ।

एनइए इन्जिनियरिङ कम्पनीले भू सूचना प्रणाली (राउटिङ सिष्टम) बाट अध्ययन गरेर आयोजनालाई प्रारम्भिक प्रतिवेदन बुझाएको भएपनि फिल्ड भेरिफिकेशनको काम रोकिएको हो ।
आयोजना प्रमुख कोमलनाथ आत्रेयले दशैं अघि काम सुरु गर्ने योजना रहेको बताउनुभयो । ‘अहिले फिल्डमा जान सकिने अवस्था छैन’, उहाँले भन्नुभयो, ‘फिल्ड भेरिफिकेशनको काम दशैं अगाडि सुरु हुन्छ कि भन्ने आशा छ । कम्पनीले १४ महिनामा काम सक्ने गरी असार १ गतेदेखि काम सुरु गरेको थियो ।
प्रसारण लाइनमा ५ हजार मेगावट विद्युत् प्रवाह हुने आयोजनाले जनाएको छ । नेपालतर्फ ४ सय केभी डबल सर्किट र चीनतर्फ ५ सय केभी डबल सर्किट लाइन हुने छ । चीनको केरुङदेखि नेपालको रातमाटेसम्म निर्माण हुने आयोजनाको फिजिबिलिटी अध्ययन सकिएको छ ।
यो प्रसारण लाइनमा २ सय १४ ओटा टावर रहने छ । नेपाल तर्फ रातमाटेमा सबस्टेशन रहने छ भने चीनतर्फ तिब्बतमा रहेकाे जिलोङ काउण्टीमा सबस्टेसन राखिने छ । रसुवागढी नाकादेखि रातमाटेसम्मको प्रसारणको दूरी ७० किलोमिटर रहेको छ ।
अन्तर्देशीय प्रसारण लाइन ६ वर्षभित्र सक्ने लक्ष्य राखिएको छ । आयोजनाले नेपालतर्फ लोड फ्लो टेष्ट गरिसकेको छ भने चीनतर्फ कोभिड–१९ का कारण हुन सकेको छैन् । दुवैतर्फको लोड फ्लो स्टडी भएपछि संयुक्त रूपमा लोड फ्लो टेष्ट गर्ने आयोजनाले जनाएको छ


खबर सबै
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण









प्रतिक्रिया