

वर्षाका कारण एक दर्जन घरमा क्षति



ई–साझाकुरा, असोज ११
रुपन्देहीमा भीषण वर्षाले विभिन्न स्थानमा एक दर्जन घरमा क्षति पुर्याएको छ भने ५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खड्काले दिएको जानकारी अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका, तिलोत्तमा नगरपालीका, देवदह तिलोत्तमा, मर्चवारी गाउँपालिका र सम्मरीमाई गाउँपालिका बिभिन्न स्थानमा कम्ची घरहरुमा क्षति भएको छ । केही स्थानमा बस्तीहरु डुबानमा परेका छन् भने केही घर बाढीले बगाएको छ । तिलोत्तमा नगरपालिकामा बाढीले तीन वटा घर बगाएको छ । तिलोत्तमा नगरपालिका ११ गणेशनगरका धन बहादुर सार्कीको टिनले छाएको कच्ची घर र बुङगुरको खोर बगाएको छ भने सोही ठाउँका रघुबिर दमाईको टिनले छाएको कच्ची घर र मेन बहादुर रुचालको टिनले छाएको कच्ची घर बगाएको बगाएको छ ।

यस्तै, लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १३ वडउलिया स्थित बलिराम हरीजन को एक तले एक कोठे खरले छाएको कच्ची घर अबिरल बर्षाका कारण भत्किन जाँदा २६ वर्षकी कुसुम हरीजनको दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।
यस्तै देवदह नगरपालिका–१० रम्बादेवीटोल स्थितमा चरंगे खोलाको किनार रहेका एक घर बाढीले बगाएको प्रहरीले जनाएको छ भने वर्षाले मर्चवारी गाउँपालिका र सम्मरीमाई गाउँपालिकामा पनि क्षति पुर्याएको छ ।
मर्चवारी गा.पा. ७ मन्झरिया बस्ने बर्ष ३० को धरमेन्द्र चामरको टिनले छाएको घरको उत्तर तर्फ देवाल भत्केको प्रहरीले जनाएको छ । सोही ठाउँमा बर्ष ७० को असुरुल्ला फकिर, अबले रहमद फकिर, निवास नाउ, युनेस फकिरको कच्चि घरका पनि भत्केको प्रहरीले जनाएको छ । यस्तै, सम्मरिमाई ५ देबन्डि बस्ने बर्ष ४० कि पर्बावति मल्लाहाको टिन र फलामको डण्डिले बनाएको घरको दक्षिणतर्फ राखिएको इट्टा भत्कदाँ ४ जना घाईते भएका छन् । उनीहरुको भिम अस्पताल भैरहवा उपचार भईरहेको छ ।


खबर सबै
-
एनपीएल क्रिकेटको उपलब्धि तथा आगामी संस्करणका अपेक्षा
-
दसौंँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगिता नेपालगन्जमा सुरु
-
एकदिवसीय क्रिकेटमा वैभव सूर्यवंशीको कीर्तिमान
-
रुपन्देहीमा दाउरा प्रहारबाट घाइते श्रीमानको मृत्यु, श्रीमती पक्राउ
-
भारतबाट फर्केपछि ‘देश उँभो लाउने टोली’ भन्दै बालेनले राखे दुई मन्त्रीसँगको तस्बिर
-
१७औँ कपिलवस्तु महोत्सवलाई शैक्षिक र सांस्कृतिक उत्सवका रूपमा विकास गर्ने तयारी







प्रतिक्रिया