

तिनाउ नदी तटीय क्षेत्रमा डुबानको जोखिम



असोज ६, काठमाण्डौ
बुटवलको तिनाउ नदीले सतर्कता तह पार गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत जलविज्ञान तथा मौसम विज्ञान विभागले तिनाउन नदीले सतर्कता तह पार गरेको र त्यो तह बढ्दो क्रममा रहेको जनाएको हो ।विभागले तिनाउ नदी तटीय क्षेत्र र आसपासका होचा स्थानमा डुबान हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।यसैबीच अहिले पनि देशका विभिन्न ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् मीनकुमार अर्यालका अनुसार देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । गण्डकी प्रदेश र ५ नम्बर प्रदेशका केही ठाउँमा भने ठूलो वर्षा भएको उहाँले बताउनुभयो ।
यस्तै बाढी पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार रातिदेखि आउँदो १० गतेसम्म नै देशका धेरैजसो नदीमा पानीको बहाव बढ्ने सम्भावना छ ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया