


मन्त्री भट्टराईले गरे गौतमबुद्ध विमानस्थलको दोस्रो टर्मिनल भवनको डिजाइन सार्वजनिक



असोज ६ बुटवल ।
रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवनको डिजाइन सार्वजनिक भएको छ ।
पर्यटनमन्त्री योगेश भट्टराईले सामाजिक सञ्जालमा टर्मिनल भवनको डिजाइन पोष्ट गरेका छन् । र उनले कस्तो डिजाइन उपयुक्त हुन्छ भन्दै सुझाव पनि मागेका छन् । दोस्रो टर्मिनल भवन हाल बनेको नयाँ टर्मिनल भवनबाट पश्चिमतर्फ र घाँघरा खोला भन्दा पूर्वपट्टि बन्नेछ । उक्त स्थान भैरहवा–लुम्बिनी सडक खण्डको दक्षिणतर्फ सडक छेउमै पर्दछ ।
मन्त्री भट्टराईले विभिन्न शैलीका डिजाइन फेसबुकमा राखेपछि रुपन्देहीका बासिन्दाहरुले टर्मिनल भवनको डिजाइनमा ठूलो आकारको बुद्ध मुर्ति समेट्न सुझाव दिएका छन् । भवनको डिजाइनदेखि अरु काम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाटै भइरहेको छ ।

बौद्ध दर्शनका शिक्षक बुटवलका लक्ष्मण पोखरेलले भैरहवाबाट बुद्ध जन्मस्थल लुम्बिनी जाने सडकछेउमा बन्ने दोस्रो टर्मिनल भवनमा बुद्धको ठूलो मुर्ति पनि समेट्न सके सुनमा सुगन्ध हुने सुझाएका छन् ।
‘लुम्बिनी पुग्ने अधिकांश विदेशी पर्यटक यात्रा गर्ने सडकबाट प्रष्ट देखिने ठाउँ भएकाले विशाल बुद्ध मुर्ति राख्दा सकारात्मक छाप पार्न सकिन्छ’ पोखरेलले भने । टर्मिनल भवन बनाउने स्थानको पर्यटन मन्त्रालयबाट आएको टोलीले माटो परीक्षण गरिसकेको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको विमानस्थलको पहिलो चरणको भौतिक संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । विमानस्थलको ९३ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले बताए ।
विमानस्थलको टर्मिनल भवनभित्र ब्यागेज ह्याण्डलिङ, यात्रु सुरक्षा परीक्षण मेसिन, एसीलगायत उपकरण जडान गर्न बाँकी छ । विदेशी प्राविधिक र उपकरण समयमै आएको खण्डमा अंग्रेजी वर्ष सन् २०२१ शुरु भएपछि मात्रै विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आउने अपेक्षा छ ।

सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विमानस्थल स्तरोन्नतिको शिलान्याश गरेका थिए । विमानस्थल निर्माणको काम चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले गरिरहेको छ ।
एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी ७ अर्ब ३२ करोड रुपैयाँ खर्च हुने आयोजना प्रमुख अधिकारीले बताए ।


खबर सबै
-
बुटवलको तिनाउ नदि किनारका १५ जनालाई सुरक्षित स्थानमा सारियो
-
भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा १६ सयभन्दा बढी तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान






प्रतिक्रिया