
त्रिभुवन विमानस्थलमा ७ महिनापछि फर्कियो चहलपहल

ई–साझाकुरा, असोज ५
गत चैतमा सरकारले कोरोना महामारी फैलिन नदिन भन्दै सरकारले लकडाउन गरेपछि बन्द भएको आन्तरिक हवाइ उडान सोमबारदेखि सुरु भएको छ ।
लकडाउका बेला त्रिभुवन विमानस्थलबाट नियमित फ्लाइट बन्द गरेर केही चार्टर्ड फ्लाइटमात्र सञ्चालन गरिएको थियो । तर सात महिनापछि सोमबारदेखि स्वास्थ्य सावधानी अपनाएर आन्तरिक उडान सुरु भएको छ ।

आन्तरिक उडान सुरु भएकै दिन धेरै यात्रु विमान चढेर गन्तव्यमा जान विमानस्थल पुगे । आफ्नो लगेज र झोला बोक्ने एयरपोर्ट पुगेका सर्वसाधारणको दृश्य फेरि फर्किएको छ । विमानस्थलको पार्किङमा ट्याक्सी र निजी सवारी साधन पनि बाक्लो देखिन्थ्यो ।
आगामी ९ दिनसम्म साविकको तुलनामा २५ प्रतिशत हवाई उडान हुनेछन् । सामाजिक दुरी कायम गरी पूर्ण स्वास्थ्य सतर्कता अपनाएर हवाई यात्रा सेवा भएको विमानस्थल कार्यालयले जनाएको छ । १ अक्टोबरपछि भने उडान तालिका मागका आधारमा थपघट हुनेछ ।
पहिलो चरणमा दैनिक ४३ वटा उडानलाई अनुमति दिइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । आजबाट सुगममा बुद्ध एयरले १६, यतीले १०, श्रीले ६ तथा सिम्रिक र सौर्यले १–१ उडानको अनुमति पाएका छन् ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया