
मेची महाकाली बुहारी संयुक्त आवाज शाखा समिति परिचयात्मक कार्यक्रम सम्पन्न ।।

भगवती न्यौपाने, कपिलवस्तु १७
महिला तथा बालबालिकाको हिंसा विरुद्धको अभियान भन्ने नाराका साथ मेचि महाकाली बुहारी संयुक्त जिल्ला शाखा कपिलवस्तुको शाखा समिति परिचयात्मक कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
मेची महाकाली बुहारी संयुक्त आवाजकी लुम्बिनी अञ्चल विशेष सल्लाहकार गंगा केशिले कार्यक्रममा बोल्दै आज आफ्नो छोरि सुस्मिताको जुन कारणले हत्या भयो अब अन्य छोरिको हत्या नहोस् भन्नका लागि बुहारी संयुक्त आवाजले सबैको आवाज बोल्ने काम गर्ने बताउनु भयो । उहाँले समाजमा हुने हरेक घटनालाई राम्रो अध्ययन गरि बुहारी समूहले सधै अन्याय र अंत्याचारको विरुद्धमा वकालत गर्ने बताउनु भयाे ।

यस्तै वाणगंगा नगर पालिकाकी कार्यपालिका सदस्य गीता भुषाल, बुहारी संयुक्त आवाज रुपन्देही संयोजक लता खड्का ले कार्यक्रममा बोल्दै समाजमा हुने महिला हिंसा मात्रै नभएर हरेक समस्या, हरेक लिङग जातजाती लगायतका क्षेत्रमा बुहारी संयुक्त आवाजले जस्तो सुकै घाउमा मलम लगाउन सक्नु पर्ने बताउनु भयो । आज पनि समाजमा महिला, बालाबालिका सुरक्षित नभएको बताउँदै अब यस आवाजले जुनसुकै घटनाकोे विरुद्ध कलम चलाउन सकोस भन्दै शुभकामना व्यक्त गर्नुभयो । महिला तथा बालाबालिका माथि हुने हिंसा न्युनिकरण लागि चन्दा अर्यालको अध्यक्षतामा ११ सदस्य समिति गठन गरिएको छ ।
जसमा उपाध्यक्ष सुस्मा खाँड, सचिव अन्जु बन्जाडे, सहसचिव अन्जु अधिकारी, कोषाध्यक्ष निर्मला भुषाल, सदस्य सिमा भण्डारी लयायतका ११ जना रहेको प्रेस सल्लाहकार भगवती न्यौपानेले जानकारि दिनुभयो । जिल्ला संयोजक चन्द्रा अर्यालको अध्यक्षता रहेको कार्यक्रम उपाध्यक्ष सुस्मा खाँडको स्वागतका साथै सचिव अन्जु बन्जाडेको संचालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया